‘डिग्री माइला’को प्रिमियरमा कसले के भने ?
काठमाडौँ । शुक्रबारबाट रिलिज भएको रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला’को बिहीबार बिग मुभिजमा प्रिमियर भएको छ । फिल्मीकर्मी, कलाकार, पत्रकार तथा नेता सहभागी प्रिमियरमा फिल्मले मिश्रित प्रतिक्रिया पाएको छ ।
फिल्म हेरेपछि फिल्म ‘जारी’मा दयाहाङको जोडी बनेकी अभिनेत्री मिरुना मगरले राम्रो बनेको प्रतिक्रिया दिइन् । ‘फिल्मको अन्त्यमा एउटा नेपाली युवाहरूले सामना गरिरहनुपरेको कुरा जुन देखाइएको छ, त्यसले एकदमै मन छोयो’, उनले भनिन् । उनले अभिनेत्री आँचल शर्माको प्रशंसा गरिन् ।
मिरुनासँगै फ्रेममा रहेकी अभिनेत्री लुनिभा तुलाधरले ‘डिग्री माइला’ टोलीका लागि सम्मान व्यक्त गरिन् । अभिनेत्री सृजना सुब्बाले फिल्मको अन्तिम दृश्यले गर्दा आफूलाई मनमा केही नबाेलौं जस्तो लागेको बताइन् । भनिन्, ‘निर्देशक रामबाबुको राम्रो पक्षचाहिँ एकदमै गहन कुराहरूलाई रमाइलो तरिकाले प्रस्तुत गर्दै एकदमै सजिलो तरिकाले बुझाउने हो ।’
फिल्मका शीर्ष पात्र दयाहाङ राइले आफ्नो पुरै फिल्म पहिलोपटक हेरेको बताउँदै सबै कलाकारको अभिनय मन परेको बताए । ‘मैले आफूलाई एकदमै इमानदार भएर हेर्ने कोसिस गरेँ । हामीले जो मेहनत गर्या छाैँ, त्योचाहिँ छर्लङ्गै देखिन्छ’, उनले भने ।
अभिनेता मुकुन भुसालले पनि राम्रो सिनेमा बनेको प्रतिक्रिया दिए भने उनको छेवैमा रहेका संचारकर्मी दिनेश डिसीले सिनेमामा राबबाबु गुरुङ तथा दयाहाङको ब्राण्ड देखिएको बताउँदै सिनेमाको कन्टेन्ट शिक्षाप्रद रहेको धारणा राखे ।
एमाले नेता एवम् संघीय सांसद रघुजी पन्तले समग्रमा सिनेमामा मनोरञ्जक रहेको प्रतिक्रिया दिए । प्रिमियरमा अभिनेत्री प्रियंका कार्की , अभिनेता आयुष्मान देशराज जोशी दीपाश्री निरौला, अभिनेता निर्मल शर्मा, कर्मा, नरेन खड्का, हास्य कलाकारहरू पवन भट्टराई(म्याकुरी), सुन्दर भट्टराई, विल्सन विक्रम राई लगायतका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण