मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
प्रकाशकीय

नयाँ वर्ष २०८१ मा रातोपाटीका दुई सौगात

शुक्रबार, ३० चैत २०८०, १८ : २०
शुक्रबार, ३० चैत २०८०

हामी नयाँ वर्ष २०८१ को पूर्वसन्ध्यामा छौँ । नयाँ वर्षको अवसर पारेर हामीले रातोपाटी डटकम (www.ratopati.com) का आदरणीय पाठक तथा दर्शकसमक्ष दुई महत्त्वपूर्ण सौगात पस्केका छौँ । 

'सबैको, सबैभन्दा राम्रो’ हुने ध्येयका साथ हामीले २०७० जेठ २७ गतेबाट रातोपाटी डटकम (www.ratopati.com) न्युज पोर्टल तपाईंहरुमाझ ल्याएका थियौँ । करिब ११ वर्षको अनुभवपछि तपाईं-हाम्रो सम्बन्ध थप मजबुत होस्, अर्थात् पाठकलाई रातोपाटी परिवारको निःशुल्क सदस्य बनाउन सकिओस् भन्ने अभिष्टसहित हामीले दुईवटा सौगात एकै साथ पस्केका हौँ– नयाँ स्वरूपमा ‘रातोपाटी एप’ र ‘लग–इन’ सिस्टमसँगै ‘एक्सक्लुसिभ स्टोरी’ ।

‘एक्सक्लुसिभ स्टोरी’ सेक्सनमा रहेका सामग्री क्लिक गरी मेल वा फेसबुकमार्फत सदस्य बनेर पाठकले आफ्नो मोबाइलमा ‘रातोपाटी एप’ डाउनलोड गर्न सक्नुहुनेछ । प्रविधिको जमानामा मोबाइलमैत्री ‘रातोपाटी एप’ संसारका जुनसुकै स्थानमा रहेका हाम्रा स्नेही पाठक तथा दर्शकलाई रातोपाटीसँग जोड्ने एउटा सुन्दर कडी र अभ्यास बन्ने हाम्रो विश्वास छ l  'प्ले स्टोर'मा उपलब्ध भइसकेको एप 'एप्पल स्टोर'मा पनि छिट्टै उपलब्ध हुने क्रममा रहेको छ । 

रातोपाटी ‘एक्सक्लुसिभ स्टोरी’मा समाजका लुकेका र लुकाइएका कथा, भ्रष्टाचार (सङ्गठित र असङ्गठित), कुशासन, अन्याय, असमानता, विकृति, विसंगतिविरुद्धका खोजपूर्ण सामग्रीले प्राथमिकता पाउने छन् l यसरी जनताका जीवनसँग जोडिएका ज्वलन्त विषयहरुमा आधारित सामयिक सामग्रीका साथै राष्ट्रलाई भविष्यको बाटो देखाउने तथा हाम्रो इतिहास र संस्कृति अभिलेख हुने पठनीय र सङ्ग्रहणीय सामग्री पस्किने हाम्रो प्रयत्न हुनेछ ।

हाम्रा आदरणीय पाठक तथा दर्शकलाई थाहा छँदैछ, व्यावसायिक पत्रकारिताका लागि पाठक र सञ्चारमाध्यम दुवैका आ–आफ्नै जिम्मेवारी हुन्छन् । हाम्रो दायित्व सत्य–तथ्य सामग्री पस्कनु हो र यसबापत केही मूल्य तिर्नु सचेत र जिम्मेवार पाठकको जिम्मेवारी हो । विज्ञापनको भरमा मात्रै भर पर्दा सञ्चारमाध्यमहरूलाई व्यावसायिक पत्रकारिता गर्न चुनौती हुन्छन् । हामी आदरणीय पाठक तथा दर्शकको सहयोगमा त्यस्ता चुनौती चिर्न चाहन्छौँ l

त्यसैले ‘एक्सक्लुसिभ स्टोरी’हरु पढ्न, हेर्न अब ‘लग–इन’ सिस्टममा गएर www.ratopati.com को सदस्य बन्नु पर्ने अभ्यासको थालनी गरेका छौँ l ‘एक्सक्लुसिभ स्टोरी’ हरु पनि, आगामी ६ महिनासम्म निःशुल्क नै उपलब्ध गराउने निधो गरेका छौँ । त्यसपछि आदरणीय पाठक तथा दर्शकको राय–सल्लाह बमोजिम न्यूनतम शुल्क लिने हाम्रो सोच छ । यसमा तपाईंको के कस्ता सुझाव होलान् ? कृपया, [email protected][email protected] मा इमेल गरेर जानकारी गराउनु भए हामी आभारी हुने थियौँ । 

नयाँ वर्ष २०८१ शुभ होस्, तपाईंको उत्तरोत्तर प्रगति होस् । 

विशेष शुभकामना !

विजया शर्मा

अध्यक्ष, डिस्कवरी न्युज नेटवर्क प्रालि

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप