बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
रातोपाटी अर्काइभ

तस्बिरमा हेर्नुहोस् २०८० का महत्त्वपूर्ण घटनाक्रम

शुक्रबार, ३० चैत २०८०, २० : ३७
शुक्रबार, ३० चैत २०८०

काठमाडौँ । विसं २०८० मा नेपालमा धेरै परिवर्तनहरू भए । रातोपाटीले ती परिवर्तन र घटनाक्रमलाई तस्बिर मार्फत पाठकहरूसमक्ष ल्यायो नै । अहिले ती सबै तस्बिरहरू इतिहास र दृष्टान्तको रूपमा रहेका छन् । २०८० सकिन लागेको पूर्व सन्ध्यामा यो वर्ष भएका महत्त्वपूर्ण घटनाक्रमका हाइलाइट्स तस्बिरमार्फत यहाँ प्रस्तुत गरेका छौँ ।

विगतका वर्षजस्तै यो वर्ष पनि आन्दोलनका शृङ्खलाले निरन्तरता पाइरहे । वर्ष सकिनै लाग्दा राष्ट्रिय प्रजातन्त्र पार्टीले भद्रकाली मन्दिर नजिकै राजतन्त्र र हिन्दु राष्ट्रको माग गर्दै गरेको आन्दोलनले उग्र रूप लियो र झडप भयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी1राष्ट्रिय प्रजातन्त्र पार्टी2राष्ट्रिय प्रजातन्त्र पार्टी3

केही महिना अघि मात्रै पनि राजतन्त्र फिर्ता ल्याउनुपर्ने माग गर्दै दुर्गा प्रसाईँ नेतृत्वको प्रदर्शनमा झडप भएको थियो ।

दुर्गा प्रसाइं

आन्दोलनकै शृङ्खलामा वर्तमान र निवर्तमान गृहमन्त्रीको राजीनामा माग्दै समय समयमा प्रदर्शन भइरहे । मिटरब्याजी र लघुवित्त पीडितले राजधानीमा प्रदर्शन गरे । अझ मिटरब्याजी त सरकारले पहिला गरेको प्रतिबद्धता पुरा गर्नबाट चुकेको भन्दै हप्तौँ पैदल यात्रा गरेर काठमाडौँ आए । केही हप्ता काठमाडौँ बसेका उनीहरूले बालुवाटार र सिंहदरबार केन्द्रित पैदल यात्रा र विभिन्न प्रकारका प्रदर्शन गरिरहे । सरकारसँगको सहमति पछि भने उनीहरू आफ्नो घर फर्किएका थिए ।

मिटर ब्याजी सिंहदरबार तर्फ जाँदैमिटर ब्याजी नागढुङ्गा नाकामा2मिटर ब्याजी नागढुङ्गा नाकामा1

लघुवित्त पीडितले पनि त्यसरी नै काठमाडौँमा प्रदर्शन गरे र सरकारसँग निश्चित विषयमा सहमति भएपछि घर फर्किए । तर यो वर्ष नसल्टिएको र बल्झिरहेको मुद्दा भनेको सहकारी पीडितको रहेको छ । गृहमन्त्री रवि लामिछाने समेत जोडिएको भनी दाबी गरिएको सहकारी हिनामिनाको विषयमा ठोस प्रगति केही पनि भएन र सहकारी पीडितहरूले समय समयमा आन्दोलन गरिरहेका छन् । लघुवित्त पीडित त संसद् भवनमै पस्न भ्याए ।

अप्रत्याशित रूपमा सरकारले तिहारको छेको पारेर नेपालमा टिकटकमा प्रतिबन्ध लगाएको विरोधमा पनि आन्दोलन भयो । कन्टेन्ट क्रियटरहरुले सडकमा विभिन्न तरिका अपनाएर प्रदर्शन गरे तर सर्वोच्च अदालतले पनि प्रतिबन्धलाई सदर गरेपछि भने यो विषय सेलाएर गयो ।

टिकटकमा प्रतिबन्धको विरोधमा माईतिघरमा प्रदर्शन

२०८० को अर्को विशाल आन्दोलन भनेको अस्थायी र करारका शिक्षकको थियो । काठमाडौँको मुख्य सडक माइतीघरदेखि बानेश्वरको एभरेस्ट होटेलसम्मको सडक ढाक्ने गरी देशभरबाट शिक्षकहरू सडकमा उत्रिएका थिए ।

काठमाडौंको मुख्य सडक माइतिघरदेखि बानेश्वरको एभरेष्ट होटलसम्मको सडक ढाक्ने गरि शिछ्क

विरोध र आन्दोलनकै शृङ्खलामा नागरिकता विधेयकको प्रमाणीकरण पनि एउटा कारण बन्न पुग्यो । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेपछि तत्कालीन विपक्षी नेकपा एमाले सडकमा उत्रिएर आन्दोलन गरेको थियो । त्यस्तै छिमेकमा भारतले आफ्नो संसद् भवनमा आदिम भारतको नक्सा भनेर हालको नेपालको भूभाग पनि समेटेको भन्दै भारतीय प्रधानमन्त्री मोदीको पुत्ला समेत जलाइएको थियो ।

विश्वका अन्य देशमा हुने राजनैतिक र सामरिक द्वन्द्वको मारमा यो वर्ष पनि नेपाल पर्‍यो । प्यालेस्टाइनी विद्रोही समूह हमासको ७ अक्टोबरमा इजरायलमाथि भएको आक्रमणमा १० नेपालीले मृत्यु भयो । त्यस समयमा अपहरणमा परेका भनिएका विपिन जोशी अझै पनि बेपत्ता छन् ।

इजरायलबाट लेराएको लाश1इजरायलबाट लेराएको लाश2

इजरायलको सीमावर्ती क्षेत्रमा अध्ययन र कामको सिलसिलामा पुगेका नेपाली विद्यार्थी मारिए पछि उनीहरूको शव केही हप्ता पछि नेपाल ल्याइएको थियो । त्यसअघि नै तत्कालीन परराष्ट्र मन्त्री एनपी साउदको नेतृत्वमा इजरायलबाट नेपाली विद्यार्थीको उद्धार गरिएको थियो । इजरायल र हमासबिचको युद्धले प्यालेस्टाइनी क्षेत्रमा भोकमरी र नरसंहार भएको भन्दै नेपालमा पनि विभिन्न समयमा प्रदर्शन र दबाब र्‍याली भइरहे ।

इजरायल

केही वर्ष यता चलिरहेको रसिया र युक्रेनको मारमा नेपाली पनि परेको यो वर्ष पुष्टि भयो । अहिलेसम्म सरकारी तथ्याङ्कमा ३३ जनाको मृत्यु भएको भनिएको छ तर खोजी र उद्धारका लागि भनेर २ सयभन्दा बढीको निवेदन परराष्ट्र मन्त्रालयमा परेको छ । सरकार र रुसी सरकारमाथि दबाब बढाउन यो वर्षभर रुसी दूतावास नजिक प्रदर्शन भइरहे भने रुसी तथा नेपाली सरकारी निकायलाई बेपत्ता र मारिएका परिवारले निवेदन पनि दिए ।

रसिया र युक्रेन

यो वर्ष १२ वर्षे शिकाली जात्रा पनि पाटन हुँदै काठमाडौँसम्म आइपुग्यो भने पाटनमा पनि पञ्चम दान आयोजना भयो । अझ विसं २०८० को पहिलो जात्रा अर्थात् भक्तपुरको सिन्दूर जात्राले पनि माहौल रङ्गिन बनाएको थियो ।

भक्तपुरको सिन्दुर जात्रामहा दान पाटनमा

१२ वर्षे शिकाली जात्रा काठमाडौंमा

यो वर्ष राजनैतिक क्षेत्रमा पनि धेरै नै उथलपुथल आए । प्रधानमन्त्री प्रचण्डले शक्तिमा आएको १५ महिना बित्दा ३ पटक विश्वासको मत लिए । यही वर्ष उनले आफ्नी धर्मपत्नी सीता दाहाललाई पनि गुमाएका थिए ।

विश्वासको मत पाए पछि प्रधानमन्त्री

सीता दाहाल1सीता दाहाल2

२०८० मै बहालवाला सांसददेखि पूर्व गृहमन्त्रीसम्मका उच्च पदस्थ व्यक्तिहरू नक्कली भुटानी शरणार्थी काण्डमा जेल चलान भए भने बहालवाला मन्त्रीको हठ र संवेदनशीलताका कारण बालकुमारीमा भीड उत्तेजित हुँदा २ युवाको ज्यान समेत गयो । यही वर्ष ब्रेक सुमा लुकाएर तस्करी गरी ल्याउन खोजिएको करिब ६० किलो सुन पनि जफत भयो र यसमा संलग्न केही व्यक्तिहरूलाई पक्राउ समेत गरियो ।

नक्कली भुटानी शरणार्थी काण्ड1नक्कली भुटानी शरणार्थी काण्ड2नक्कली भुटानी शरणार्थी काण्ड3नक्कली भुटानी शरणार्थी काण्ड4बालकुमारीघटना1बालकुमारीघटना2सुन

राजनीतिबाहेक पूर्वी रुकुममा जातको विषयमा सेती नदीमा मारेर फालिएका भनिएका नवराज विक र उनका साथीहरूको हत्याको विषयमा अदालतबाट फैसला आयो र दोषीहरूलाई जेल चलान गरियो । त्यस्तै २०८० मै नेपालले पहिलो पटक समलिङ्गी विवाहलाई औपचारिक रूपमा दर्ता गरेर कानुनी मान्यता दियो ।

समलिङ्गी जोडि

त्यस्तै नेपालका कामीरिता शेर्पाले सर्वाधिक पटक सगरमाथा चढ्ने आरोहीको रेकर्ड बनाए भने बेलायती सेनामा परिचालित हुँदा आफ्नो दुवै खुट्टा गुमाएका हरि बुढा मगरले पनि कृत्रिम खुट्टाको सहारामा सगरमाथाको सफल आरोहण गरे ।

कामीरिता शेर्पाहरि बुढा मगर

क्रिकेटमा पनि नेपालले यो वर्ष जादु नै देखायो । पहिलो पटक एसिया कप खेल्नदेखि टी– २० विश्वकपसम्म नेपाली टिम पुग्यो । खेलमा राम्रो अङ्क ल्याउन नसके पनि नेपाली खेलाडीले संसारभरबाट प्रशंसा पाए ।

ए सि सि प्रिमियर लिग 1ए सि सि प्रिमियर लिग 2टी २० विश्वकप

२०८० मा पूर्वराजा ज्ञानेन्द्रको निर्मल निवासको गेट दसैँमा टीका थाप्न इच्छुक सर्वसाधारणको लागि कोरोना महामारी पछि पहिलो पटक खुल्यो । यही वर्ष संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले पनि नेपालको भ्रमण गरे ।

पुर्वराजा ज्ञानेन्द्रसंयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरे1संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरे2संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरे3

Shrestha_Mexicans dead in Nepal Helicopter crash-5राम बमजनलालित निवास काण्डवाग्मती दोवन डुबान 1वाग्मती दोवन डुबान 2हिम चितुवा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप