गल्ती कमजोरीबाट पाठ सिक्दै राष्ट्र निर्माणमा लाग्न प्रेरणा मिलोस् : सभामुख विष्ट
शनिबार, ०१ वैशाख २०८१, १४ : ११
विराटनगर । कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले नयाँ वर्ष २०८१ सालको अवसरमा शुभकामना व्यक्त गरेका छन् । नयाँ वर्षमा नेपालीबिच सामाजिक सद्भाव, सहिष्णुता, आपसी भाइचारा एवं राष्ट्रिय एकता अक्षुण्ण राख्न सघाउ पुगोस् भन्ने कामना उनले व्यक्त गरेका छन् ।
सो अवसरमा मौलिक पहिचान स्थापित गराउँदै सांस्कृतिक पर्यटनमार्फत समग्र देशकै विकास हुने लक्ष्यमा देश अगाडि बढोस् भन्ने कामना उनले व्यक्त गरेका छन् ।
‘विगतका वर्षहरूमा भएका गल्ती, कमीकमजोरीबाट पाठ सिक्दै राष्ट्र निर्माणमा लाग्न सम्पूर्ण नेपालीहरूलाई प्रेरणा मिलोस् भन्दै देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा नयाँ वर्ष २०८१ साल एवं सिरूवा पर्वको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु,’ सभामुख विष्टद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण