लागु औषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ
काठमाडौँ । काठमाडौँसहित देशका विभिन्न स्थानबाट अवैध लागु औषधसहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका-१६ सोह्रखुट्टेबाट अवैध लागु औषध चरेश जस्तो देखिने पदार्थ ४ किलोसहित चन्द्रागिरी नगरपालिका-१२ गुर्जुधारा बस्ने मकवानपुर थाहा नगरपालिका-७ घर भएका ३७ वर्षीय अर्जुन स्याङतानलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उक्त स्थानमा रहेको फुड ओ क्लक क्याफेको पार्किङमा रोकी राखेको बा.१ ज ७२२६ नम्बरको ट्याक्सीलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी ट्याक्सी चालक स्याङतानलाई पक्राउ गरेको थियो ।
यसैगरी सुनसरीको धरान उपमहानगरपालिका-१७ सरस्वती चोक बस्ने २६ वर्षीय सुरेश गिरीलाई अवैध लागु औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्रामसहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
यता कैलालीको धनगढी उपमहानगरपालिका-८ बाट अवैध लागु औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने २८ वर्षीय प्यारेलाल रानालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कैलालीकै गौरीगंगा नगरपालिका-१ चौमाला बजारबाट अवैध लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्रामसहित सोही ठाउँ बस्ने २० वर्षीय समिर खड्कालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस्तै मोरङको बिराटनगर महानगरपालिका-१६ दक्षिण गेटबाट अवैध लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्रामसहित सोही महानगरपालिका-१५ बस्ने १९ वर्षीय प्रेम चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागु औषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण