केपी ओली प्रमुख अतिथि रहेको कार्यक्रम गगन र प्रदीपले गरे बहिष्कार
काठमाडौँ । अपमानजनक व्यवहार गरेको भन्दै नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य गगन थापा र सांसद प्रदीप पौडेलले नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि रहेको एक कार्यक्रम बहिष्कार गरेका छन् ।
बुढानीलकण्ठ नगरपालिकाले कपन बालुवा खानीमा शनिबार आयोजना गरेको बुढानीलकण्ठ नगर अस्पताल उद्घाटन तथा नयाँ वर्षको शुभकामना आदान–प्रदान कार्यक्रम थापा र पौडेलसहित कांग्रेस नगर समिति समेतले बहिष्कार गरेको हो ।
थापा र पौडेललाई अपमानजनक ढङ्गले कार्यक्रममा सहभागीका रूपमा पत्र पठाइएकाले सो क्षेत्रमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधहरू र पार्टीले समेत बहिष्कार गरेको कांग्रेस बुढानीलकण्ठ नगर समितिका अध्यक्ष राजाराम बुढाथोकीले रातोपाटीलाई जानकारी दिए । नगर प्रमुख मिठाराम अधिकारीले पठाएको पत्रमा उनीहरूलाई सहभागी हुन भनिएको छ ।
‘ओलीलाई प्रमुख अतिथि बनाएकोमा हाम्रो आपत्ति थिएन । तर हाम्रा पार्टीका महामन्त्री र सांसदलाई गरिएको अपमानजनक व्यवहारका कारण यो अवस्था आयो’ बुढाथोकीले भने, ‘जनप्रतिनिधिमूलक संस्थाले “प्रोटोकल”को ख्याल राख्न नसक्दा हामी बहिष्कार गर्न बाध्य भयौ ।’
प्रमुख अधिकारीले भने कांग्रेसका तर्फबाट बहिष्कार भए पनि कार्यक्रम भव्य रूपमा सम्पन्न भएको रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण