भाजपाद्वारा लोकसभा चुनावका लागि घोषणापत्र जारी
नयाँ दिल्ली । भारतीय जनता पार्टी (भाजपा) ले २०२४ को लोकसभा चुनावका लागि घोषणापत्र जारी गरेको छ। पार्टीले घोषणापत्रको नाम ‘मोदीको ग्यारेन्टी सङ्कल्प पत्र’ राखेको छ । भाजपाले प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपा अध्यक्ष जेपी नड्डा, केन्द्रीय गृहमन्त्री अमित शाह र रक्षामन्त्री राजनाथ सिंहको उपस्थितिमा घोषणापत्र जारी गरेको हो।
घोषणापत्र जारी गर्दै रक्षामन्त्री तथा भाजपाका वरिष्ठ नेता राजनाथ सिंहले भने, ‘हामी जे भन्छौँ, त्यही गर्छौँ । जम्मु कश्मीरबाट धारा ३७० खारेज गर्ने वाचा थियो, त्यो पूरा भयो। हामीले महिलालाई आरक्षण दिने वाचा गरेका थियौँ, त्यो पूरा गरेका छौँ।’
भाजपाको नयाँ सङ्कल्प पत्रलाई २४ खण्डमा विभाजन गरिएको छ। यसमा सुशासन, देशको सुरक्षा, स्वच्छ भारत, खेलकुदको विकास, वातावरण सम्बन्धी मुद्दाहरू समावेश छन्। रक्षामन्त्रीले मोदीको ग्यारेन्टी २४ क्यारेट सुन जत्तिकै राम्रो भएको दाबी गरे।
सङ्कल्पका मुख्य बुँदा -
- आगामी पाँच वर्षसम्म निःशुल्क राशन, पानी, ग्यास जडान, शून्य विद्युत् महसुल उपलब्ध गराउने ।
- आयुष्मान् भारतबाट ५ लाखसम्मको निःशुल्क उपचार उपलब्ध गराइँदै आएको छ, यो भविष्यमा पनि जारी रहने छ ।
- मध्यमवर्गीय परिवारलाई स्थायी घर उपलब्ध गराउने
- पेपर लिकबारे ठुलो कानुन बनेको छ, कार्यान्वयन गर्छौँ
- राष्ट्रिय शिक्षा नीति लागू गरिनेछ
- सन् २०३६ मा ओलम्पिक आयोजना गरिनेछ
- पूर्वाधार, उत्पादन, स्टार्टअप, खेलकुद, लगानी, उच्च मूल्याङ्कन सेवा र पर्यटनको माध्यमबाट युवाहरूलाई लाखौँ रोजगारीका अवसरहरू सृजना गरिनेछ।
- एक करोड दिदीबहिनी बने लखपति दिदी, अब तीन करोडलाई लखपति दिदी बनाइने ।
- नारी वन्दन अधिनियम लागू गर्ने
- बीउदेखि बजारसम्म किसानको आम्दानी बढाउने प्रयास गरिनेछ ।
- माछा किसानहरूलाई समुद्री झार र मोती खेती गर्न पनि प्रोत्साहित गर्नेछ
- गिग कामदार, ट्याक्सी चालक, अटो चालक, घरेलु कामदार, प्रवासी कामदार, ट्रक चालक, भरिया, सबैलाई ई-श्रममा जोडिनेछ र कल्याणकारी योजनाहरू प्रदान गरिनेछ।
- उच्च शिक्षा संस्थाहरूमा भारतका शास्त्रीय भाषाहरूको अध्ययनको व्यवस्था गरिनेछ
- २०२५ मा आदिवासी गौरव वर्ग घोषणा गर्नेछ
- ओबीसी, एससी र एसटी समुदायलाई जीवनको हरेक क्षेत्रमा सम्मान दिनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण