फुटबल क्लब मोहन बगानबाट प्रेरित लखनउ सुपर जाइन्ट्सको नयाँ जर्सी
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १७ औँ सिजनमा आइतबारको पहिलो खेल लखनउ सुपर जाइन्ट्स र कोलकाता नाइट राइडर्सबिच हुँदैछ । कोलकाता र लखनउबिचको खेल ईडेन गार्डेन्स स्टेडियममा दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।
उक्त खेलमा लखनउ सुपर जाइन्ट्स नयाँ जर्सीमा मैदानमा देखिने भएको छ । लखनउले प्रयोग गर्ने नयाँ जर्सी हरियो र कलेजी रङको रहेको छ । भारतको चर्चित फुटबल क्लब मोहन बगानको जर्सीबाट प्रभावित भएर आईपीएल क्लब लखनउले आफ्नो नयाँ जर्सी बनाएको हो ।
खासमा फुटबल क्लब मोहन बगान र आईपीएल क्लब लखनउ सुपर जाइन्ट्स दुबैको मालिक एकै व्यक्ति हुन् । भारतीय उद्योगपति सञ्जिव गोयनका यी दुवै क्लबका मालिक हुन् । आईपीएलको अघिल्लो सिजनमा पनि कोलकातामा खेलिएको खेलमा लखनउको टोलीले यस्तै जर्सी प्रयोग गरेको थियो ।
आईपीएलको बाँकी खेलमा भने लखनउले आफ्नो पुरानै जर्सी प्रयोग गर्ने समाचारमा जनाइएको छ । लखनउ सुपर जाइन्ट्सले मोहन बगानजस्तो जर्सी प्रयोग गरेर कोलकातामा रहेका फुटबल समर्थकको ध्यान पनि आफूतर्फ तान्न चाहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
-
आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
-
लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्का घटना, दुई जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण