बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

लागु औषधसहित दुई जना पक्राउ

आइतबार, ०२ वैशाख २०८१, १५ : ३२
आइतबार, ०२ वैशाख २०८१

काठमाडौँ । बर्दिया र पर्सा जिल्लाबाट अवैध लागु औषधसहित दुई जना युवक पक्राउ परेका छन् । 

बर्दियाको गुलरिया नगरपालिका-११ गणेशपुरबाट अवैध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम ३ सय  मिलिग्रामसहित मधुबन नगरपालिका-९ गाउँ नम्बर १२ बस्ने २१ वर्षीय अर्जुन बिकलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी महमदपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको बताइएको छ । 

यता पर्साको वीरगन्ज महानगरपालिका-१६  शंकरअचार्य गेटबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ४ ग्राम ८ सय २० मिलिग्रामसहित मकवानपुर हेटौँडा उपमहानगरपालिका-१० बस्ने २७ वर्षीय सुजन गोलेलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी इनरुवाबाट खटिएको प्रहरीले भारतको रक्सौलबाट वीरगन्ज बजारतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  दुवै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप