एसीसी प्रिमियर कप क्रिकेट : साउदी अरेबियाले हङ्कङलाई ५५ रनले हरायो
काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटको आइतबार खेलिएको खेलमा साउदी अरेबियाले हङ्कङलाई ५५ रनको फराकिलो अन्तरले हराएको छ । हारसँगै हङ्कङले अंक तालिकाको पहिलो स्थानमा उक्लने अवसर पनि गुमाएको छ ।
दुई खेल खेलेको हङ्कङ एक जित र एक हारको नतिजाबाट दुई अंक बटुल्दै समूह ‘ए’ तालिकाको चाैथाे स्थानमा झरेको छ । आफ्नो दुबै खेलमा विजयी भएको नेपाल भने चार अंकसहित तालिकाको पहिलो स्थानमा रहेको छ ।
टस जिती पहिले ब्याटिङको निर्णय लिएको साउदी अरेबियाले निर्धारित ओभरमा आठ विकेट गुमाएर दुई सय दुई रन बनाएको थियो । साउदी अरेबियाका लागि ओपनर ब्याट्सम्यान अब्दुल वाहिदले ७७ रनको योगदान गरे । उनले केवल ५१ बलमा एक छक्का र १० चौका पनि प्रहार गरे ।
साउदी अरेबियाका लागि मनन अलीले पनि ४४ रन बनाए । उनले १८ बलमा चार छक्का र दुई चौका हिर्काएका थिए । फैसल खानले पनि टोलीको खातामा ३० रन थपे । कप्तान हिसाम शेखले पनि २२ रन बनाएका थिए । हङ्कङका बलर एहसान खानले तीन र ईजाज खानले दुई विकेट लिए ।
जवाफी ब्याटिङमा ओर्लिएको हङ्कङले भने १८.५ ओभरमा अलआउट हुनुअघि एक सय ४७ रनमात्र बनाउन सक्यो । हङ्कङका लागि कप्तान निजाकत खानले ७३ रन बनाए पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन ।
टोलीका अन्य ब्याट्सम्यानले उनलाई गतिलो साथ दिन सकेनन् । निजाकत खानले ५१ बलको सामना गरी दुई छक्का र सात चौका हिर्काएका थिए । टोलीका ओपनर ब्याट्सम्यान अंशी रथले पनि २९ रन बनाएका थिए ।
जिसन अली १८ रन बनाउँदै पेभेलियन फर्किएका थिए । अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । साउदी अरेबियाका बलर जाइन उल अबिदिन र उसमान नजिबले तीन-तीन तथा हिसाम शेखले दुई विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण