मकैमा दाना नलागेपछि किसानहरूलाई खर्च उठाउनै मुस्किल
बारा । यस वर्ष असोज अन्तिम कात्तिकमा लगाएको मकै थन्काउन यतिबेला किसानलाई भ्याई नभ्याई छ । चैत, वैशाखको चर्को घाममा खेतमा पाकेको मकै थन्काउन किसानलाई बाटोघाटो, चौर, खाली जग्गामा मकै सुकाउने र उठाउनेको चटारो देखिन्छ ।
_Ofrt4obY1y.jpg)
यस वर्ष मकैको घोगामा दाना नलागेपछि किसानहरू निराश छन् । जीतपुरसिमरा–११ फत्तेपुरका मकै किसान रामलाल राउतले यस वर्ष २ बिगाहा १० कट्ठा जग्गामा ३३५५ जातको मकै लगाएका थिए । कात्तिकमा लगाएको उनको मकैमा दाना भने लागेन ।
_SLWKA0awpv.jpg)
गत वर्ष प्रतिकट्ठा ३ क्विन्टल बढी मकै फलेको खेतमा यसपटक १ क्विन्टल मात्रै फलेको उनी बताउँछन् । ‘मकैको घोगा ठुलो ठुलो छ भित्र च्यातेर हेर्दा दाना छैन,’ राउतले भने ।
_Zq2blyRBPD.jpg)
मलखाद, बीउ, मजदुर, जोताइ, पानी लगाउँदा विद्युत् खर्च धेरै महँगो भएकाले यो वर्ष मकैबाट खर्च पनि नउठ्ने बताउँछन् । ‘कात्तिकमा लगाएको मकै माघमा भएको शीतलहर र चिसोले पात झरेर दाना नै लाग्नै सकेन । धेरै खर्च गरेर कति औषधी गरे पनि भएन,’ राउतले भने ।
_ODQNR5SYk6.jpg)
राउत जस्तै अर्का किसान धनसुन्दर बैठाले यस वर्ष मकै राम्रो नफलेको गुनासो गरे । उनले यस वर्ष ३ बिगाहा खेतमा मकै लगाएका थिए । ‘पहिला प्रतिकट्ठा ३ क्विन्टल देखि ४ क्विन्टलसम्म फलेको थियो, यसपल्ट मकैमा दाना छैन,’ बैठाले भने ‘के कारण हो हामीलाई त थाहा छैन । तर यसपटक मकै राम्रो छैन । दाना नै छैन ।’
_uoMBK0Ah9k.jpg)
जीतपुर सिमरा २० का अर्का किसान लालजी खाँ यसपटक मकैको बिउ बिउ बेच्नेले बेइमान गरेर पुरानो मकै परेकोले दाना नै नलागेको बताउँछन् । ‘हजार रुपैयाँ किलोको बिउ हो, घरको सबै मान्छे खट्दा १० कट्ठामा ५० हजार खर्च लागेको छ । यसपटक मकैले खर्च उठाउँदैन । कसरी ऋण तिर्ने ?’ खाँले भने, ‘गत वर्ष यही ३३५५ जातको मकै प्रतिकट्ठा ५ क्विन्टलसम्म फलेको थियो ।’
_bEPxCXgRH0.jpg)
यता निजगढ नगरपालिका वडा नं ४ की रेखा हुमागाईँले पनि गत वर्ष १४ कट्ठा जग्गामा ३० देखि ३२ क्विन्टल मकै बेचेकोमा यसपटक ११/१२ क्विन्टल मात्रै मकै बिक्री गरेको बताउँछिन् ।
_tRWryJhF3w.jpg)
असोज अन्तिमदेखि कात्तिकमा धान भित्राए लगत्तै किसानले मकै लगाएका थिए । जीतपुर सिमरा उपमहानगरका कृषि प्राविधिक धिरज पौडेल यसपटक मकैको घोगामा दाना नलाग्ने समस्या बाराको सबै पालिकादेखि रौतहट र सर्लाहीमा समेत देखिएको बताउँछन् ।
_RCDyis9vlL.jpg)
उनले मङ्सिर पहिलो साता लगाउनुपर्ने ३३५५ र ९०८१ जातको मकै किसानले असोज–कात्तिकमै लगाउँदा यस्तो समस्या देखिएको बताए । ‘३३५५ र ९०८१ सिफारिस जात हो । यसलाई दाना लाग्ने बेलामा चिसोबाट बचाउन मङ्सिरमा लगाउनुपर्नेमा किसानले असोजमै मकै लगाउँदा यस्तो समस्या देखिएको हो,’ पौडेलले भने, ‘किसानहरूले केही सिफारिस नभएका जातका मकैको बिउ लगाउँदा पनि दाना नलाग्ने समस्या देखिएको छ ।’
_1dv0bxJNks.jpg)
बारामा अलिक चिस्यान माटो बढी भएको उत्तर तर्फको पालिकाहरू जीतपुर सिमरा, निजगढ, कोल्हवी, करैयामाईका कृषकहरूले धान भित्राउने बित्तिकै मकै लगाएका थिए ।
_aBT8FnqX4J.jpg)
यी पालिकामा किसानले लगाएको मकैमा दाना नलागेको गुनासो आएपछि केही दिनअघि रामपुर मकैबाली अनुसन्धान कार्यक्रमको विज्ञ टोलीले एकसाता अघि स्थलगत अनुगमन गरेर मकैको नमुना लगेको छ ।
_5rvfFCgGzp.jpg)
अनुगमनको क्रममा मकैबाली विज्ञहरूले मौसम परिवर्तनको कारण पनि यस्तो समस्या देखिएको टिप्पणी गरेको कृषि प्राविधिक पौडेलले जनाएका छन् । यसपटक मकैमा दाना नलागेको गुनासो बढी आएपछि जीतपुर सिमरा उपमहानगरले भने कृषकहरूको घर घरमा पुगेर तथ्याङ्क सङ्कलन सुरु गरेको छ । कृषि प्राविधिक पौडेलले केही दिनभित्र तथ्याङ्कको परिणाम सार्वजनिक गर्ने बताएका छन् ।
_yrqI0ldXHJ.jpg)
_muRHVjNbR7.jpg)
_0dYbuhgLm7.jpg)
_YOd8lTN0zS.jpg)
_co7PZATrvR.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्ड फ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा
-
‘दर्शकहरू समसामयिक र आफूसँग मिल्दो विषयमा बढी हाँस्छन्’
-
४१ वर्षको उमेरमा रोनाल्डोको नयाँ कीर्तिमान
-
अल्जेरियाविरुद्ध स्विट्जरल्यान्डको २–० को अग्रता
-
६ जिल्लाका स-साना नदीमा आकस्मिक बाढीको जोखिम
-
दिवङ्गत डियोगो जोटाको जर्सी पहिरिँदै जब क्रिस्टियानो रोनाल्डो भावुक बने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण