सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

ऋचाको ‘सारंग’ फ्लोरमा

सोमबार, ०३ वैशाख २०८१, १३ : ०८
सोमबार, ०३ वैशाख २०८१

काठमाडौँ । बालमनोविज्ञानको बिषयमा निर्माण हुन थालेको फिल्म ‘सारंग’ को सुटिङ सुरु भएको छ । आइतबारदेखि फिल्मको सुटिङ  काठमाडौँमा सुरु भएको हो । फिल्मका सुटिङ काठमाडौँ आसपासको स्थानमा गरिनेछ । 

केही दिन अगाडि निर्माण घोषणा भएको फिल्म प्रशान्त तामाङले निर्देशन गर्न लागेका हुन् । फिल्ममा ऋचा शर्मा ,उत्पल झा, समीरमणि दीक्षित, सुरज तमु, मणि के राई, अनिषा न्यौपाने, निरज ब्ल्याक, दीपीका थापा, सुमन सागर जंग केसीको अलवा बालकलाकारद्वय सम्राट थापा र आदित्य कार्कीको पनि मुख्य भूमिका रहनेछ । 

कोरियोग्राफर समेत रहेका निर्देशन को रुपमा समेत परिचित निर्देशक तामाङकै लेखन रहेको फिल्मले बालमनोविज्ञान, बालअधिकारको अलवा धनी र गरिब परिवारबिचको खाड्ल कथा बनाएको छ । यसअघि बालमनोबिज्ञानको बिषयमा ‘ठूलो मान्छे’ फिल्म बनाएका प्रशान्तले समाजलाई सकारात्मक सन्देश प्रवाह फिल्मले गर्ने बताए ।

दर्शन बुद्ध फिल्मसको ब्यानर र निर्माणमा रहेको फिल्म बालदिवसको छेकोमा रिलिज हुनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप