टेस्लाका लागि टाटाले चिपबनाउने

नयाँ दिल्ली । भारतीय कम्पनी टाटा इलेक्ट्रोनिक्सले अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाको कारका लागि सेमीकन्डक्टर चिप्स बनाउने भएको छ । टाटाले टेस्लाका सबै कारका लागि चिप बनाउने बताइएको छ ।
यसका लागि टेस्लाले टाटासँग रणनीतिक साझेदारी गरेको छ । इकोनोमिक टाइम्समा छापिएको खबरका अनुसार यस सम्झौता अन्तर्गत टाटा इलेक्ट्रोनिक्सले टेस्लाको विश्वव्यापी आपूर्तिका लागि चिप्स उत्पादन गर्नेछ ।
टेस्लाका मालिक एलन मस्क भारत आउनै लागेका बेला यस्तो सम्झौता भएको हो । यस भ्रमणमा मस्कले प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने बताइएको छ । समाचार एजेन्सी रोयटर्सले स्रोतलाई उद्धृत गरेअनुसार मस्क अप्रिल २२ देखि २७ सम्म भारत आउन सक्ने छन् । यही भ्रमणका क्रममा मस्कले भारतमा कार उत्पादन कारखाना खोल्ने घोषणा गर्न सक्ने अनुमान गरिएको छ ।
मस्कले माइक्रेब्लगिङ वेबसाइट एक्समा एउटा पोष्टमा भारतीय प्रधानमन्त्री मोदीसँग भेटको पर्खाइमा रहेको बताएका थिए । यसअघि मस्क र मोदीबिच दुई पटक भेटघाट भइसकेको भएपनि मस्कको भारत भ्रमण भने यो पहिलो हुनेछ ।
यसअघि नै टेस्लाले भारतमा ३ अर्ब डलरसम्मको लगानीमा कारखाना खोल्न ठाउँ खोजिरहेको समाचार आएको थियो । भारतमा बनाइएका कार विदेशमा निर्यात गर्ने दाउमा कम्पनी रहेको छ । टेस्लाले भारतमा विद्युतीय कारको साथमा ब्याट्री स्टोरेज पनि बनाउन र बेच्न खोजेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१४ प्रतिशत दलित समुदायलाई १ प्रतिशत बजेट !
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
संघीय संसद्को दुवै बैठक बस्दै : सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल
-
सुनाखरी मध्यवर्ती सामुदायिक ‘होमस्टे’मा पहुना आकर्षित हुँदा व्यवसायी उत्साहित
-
२ सय पटक सर्पले टोकेपछि मान्छेको रगतमै बन्यो एन्टिभेनम
-
जेलेन्स्कीले भने- दबाब बिना रुसले युक्रेनसँगको युद्ध अन्त्य गर्दैन