टेस्लाका लागि टाटाले चिपबनाउने
नयाँ दिल्ली । भारतीय कम्पनी टाटा इलेक्ट्रोनिक्सले अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाको कारका लागि सेमीकन्डक्टर चिप्स बनाउने भएको छ । टाटाले टेस्लाका सबै कारका लागि चिप बनाउने बताइएको छ ।
यसका लागि टेस्लाले टाटासँग रणनीतिक साझेदारी गरेको छ । इकोनोमिक टाइम्समा छापिएको खबरका अनुसार यस सम्झौता अन्तर्गत टाटा इलेक्ट्रोनिक्सले टेस्लाको विश्वव्यापी आपूर्तिका लागि चिप्स उत्पादन गर्नेछ ।
टेस्लाका मालिक एलन मस्क भारत आउनै लागेका बेला यस्तो सम्झौता भएको हो । यस भ्रमणमा मस्कले प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने बताइएको छ । समाचार एजेन्सी रोयटर्सले स्रोतलाई उद्धृत गरेअनुसार मस्क अप्रिल २२ देखि २७ सम्म भारत आउन सक्ने छन् । यही भ्रमणका क्रममा मस्कले भारतमा कार उत्पादन कारखाना खोल्ने घोषणा गर्न सक्ने अनुमान गरिएको छ ।
मस्कले माइक्रेब्लगिङ वेबसाइट एक्समा एउटा पोष्टमा भारतीय प्रधानमन्त्री मोदीसँग भेटको पर्खाइमा रहेको बताएका थिए । यसअघि मस्क र मोदीबिच दुई पटक भेटघाट भइसकेको भएपनि मस्कको भारत भ्रमण भने यो पहिलो हुनेछ ।
यसअघि नै टेस्लाले भारतमा ३ अर्ब डलरसम्मको लगानीमा कारखाना खोल्न ठाउँ खोजिरहेको समाचार आएको थियो । भारतमा बनाइएका कार विदेशमा निर्यात गर्ने दाउमा कम्पनी रहेको छ । टेस्लाले भारतमा विद्युतीय कारको साथमा ब्याट्री स्टोरेज पनि बनाउन र बेच्न खोजेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण