सुध्रदैँ ओजोन तहको अवस्था : नासा
काठमाडौँ । सन् १९८७ मा विश्वभरका राष्ट्रहरु पृथ्वी ग्रह बचाउनको लागि क्लोरोफ्लोरो कार्बन नामक रसायन प्रतिबन्ध लगाउनको लागि एक ठाउँमा आएका थिए । तीन दशकपछि नासाको एक भूउपग्रहले गरेको मापनले त्यो बेला लिइएको कदम सफल भएको देखिएको छ ।
सन् १९८७ मा गरिएको त्यो सम्झौतालाई ‘मोन्ट्रियल अभिसन्धि’ भनिन्छ । यो अभिसन्धि दुई वर्ष अघि सन् १९८५ मा अन्टार्कटिकाको आकाशमा रहेको ओजोन तहमा क्षयीकरण भएर प्वाल परेको पत्ता लागेपछि बनेको थियो ।
यो सन्धीले मुख्य रुपमा फ्रिज र स्प्रेहरुमा प्रयोग हुने क्लोरोफ्लोरो कार्बनलाई हटाउने निर्णय लिएको थियो ।
‘जियोफिजिकल रिसर्च लेटर’ नामक जर्नलमा प्रकाशित भएको एक नयाँ अध्ययनले यो सन्धिमा चालिएको कदमले सकारात्मक प्रतिफल निकालेको देखाएको छ । नासाको अउरा स्याटेलाइटले संकलन गरेको सूचनाहरुलाई प्रयोग गरेर वैज्ञानिकहरुले गरेको यो अध्ययनले अन्टार्कटिकामा सन् २००५ यता २० प्रतिशत ओजोन तह क्षयिकरण कम भएको पत्ता लागेको छ ।
“हामीले ओजोनमा परेको प्वालमा क्लोरोफ्लोरो कार्बन स्पष्ट रुपमा घटिरहेको पायौं । यस कारणले ओजोनको विनाशमा कमी आइरहेको छ ।” नासाका गोद्दार्द अन्तरिक्ष केन्द्रका वैज्ञानिक र लेखको मुख्य लेखक सुसान स्ट्रहानलले एक वक्तव्यमा भने ।
हरेक वर्ष सेप्टेम्बरमा दक्षिणी गोलार्धमा जाडो हुदाँ अन्टार्कटिकामाथि रहेको ओजोनमा रहेको प्वाल बढ्ने गर्छ । यसो हुनुको कारण सूर्यको प्रकाशले गर्दा क्लोरिन र ब्रोमिनले ओजोनसँग प्रतिक्रिया गर्न थाल्छ । यी दुई रसायनहरु क्लोरोफ्लोरो कार्बनबाट आउँछ ।
अउरा भूउपग्रहमा रहेको ‘माइक्रोवेभ लिम्ब साउण्डर’ प्रविधि प्रयोग गरेर वैज्ञानिकहरुले वायुमण्डलमा प्रत्यक वर्ष रसायनको तुलनामा ओजोन तहमा कसरी परिवर्तन आइरहेको छ भनेर अध्ययन गरेका थिए ।
हुन त पहिले नै ओजोन विनासमा कमी आएको देखिएको थियो तर क्लोरोफ्लोरोकार्बनमा आएको कमी नै यसमा आएको कमिको कारण हो भनेर पहिलो पटक यो अध्ययनले देखाएको हो ।
“यी सबै प्रमाणहरुले मोन्ट्रियल अभिसन्धिले काम गरिरहेको छ भन्ने देखाउछ ।” टिमले जर्नलमा छापिएको लेखमा भनेका छन् ।
क्लोरोफ्लोरोकार्बन निक्कै शक्तिशालि रसायन भएकोले यो पूर्ण रुपमा हराउनको लागि ५० देखि १०० वर्ष लाग्न सक्छ । त्यसैले हालको प्रगति पनि ढिलो गरिआएको हो । आजोन तहको क्षयीकरण पुरै हट्न सन् २०६० देखि सन् २०८० सम्म लाग्न सक्छ ।
तर, वातावरणिय मुद्दा समाधानका लागि विश्व एक ठाँउमा आएमा जटिल भन्दा जटिल वातावरणीय समस्या पनि समाधान हुन्छ भन्ने उदाहरण हो मोन्ट्रियल अभिसन्धि ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साइबर बुलिङले घटनाको निष्पक्ष छानविन गर्न डराउनुपर्ने अवस्था छः डा. लिली थापा
-
मध्यराति भैंसीगोठमै सुतिरहेका ५२ वर्षीय पुरुषको हत्या
-
हुम्लाको श्रीनगर केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प
-
पार्टी स्थापना गर्ने म महाधिवेशनको निम्तो सूचीमा समेत परिनँ : मुकुल ढकाल
-
समाजवाद र पुँजीवादको फ्युजनः ‘संवैधानिक समाजवाद’ रास्वपाको मार्गदर्शन
-
रास्वपाको पहिलो ऐतिहासिक महाधिवेशनः हेर्नुहोस् LIVE UPDATES
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण