मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
तस्बिरमा हेर्नुस् सिस्ने खोला नागढुङ्गा सुरुङ मार्गको ‘ब्रेक थ्रु’

तस्बिरमा हेर्नुस् सिस्ने खोला नागढुङ्गा सुरुङ मार्गको ‘ब्रेक थ्रु’

सोमबार, ०३ वैशाख २०८१

काठमाडौँ । सिस्ने खोला नागढुङ्गा सुरुङ मार्गको ‘ब्रेक थ्रु’ भएको छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्विच थिचेर सुरुङमार्गको ‘ब्रेक थ्रु’ गरेका हुन् ।

चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने सुरुङमार्ग आयोजनाको मुख्य सुरुङको लम्बाइ दुई हजार छ सय ६७ मिटर रहेको छ । आयोजनाको उद्धार सुरुङ ‘रेस्क्यु टनेल’ भने गत साउनमै ‘ब्रेक थ्रु’ भइसकेको छ ।

सुरुङभित्रको सडक ढलान, बत्ती जडान (लाइटिङ), अक्सिजन पाइप जडान (भेन्टिलेसन) लगायतका काम बाँकी रहेको आयोजनाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया