भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
मङ्गलबार, ०५ साउन २०८३, १७ : २८
सारांश
- भारतका विपक्षी नेता राहुल गान्धी र प्रियंका गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारी निवासबाहिर प्रदर्शन गरेका छन्।
- कांग्रेस पार्टीले सार्वजनिक गरेका भिडियोहरूमा उक्त प्रदर्शन देखिएको छ।
- राहुल गान्धीले युवा विद्यार्थीहरूमाथि भएको क्रूरताबारे जवाफ माग्न मार्च गरेको बताएका छन्।
नयाँ दिल्ली । भारतका विपक्षी नेता राहुल गान्धी र उनकी बहिनी प्रियंका गान्धीले आफ्नो भारतीय राष्ट्रिय कांग्रेस पार्टीका नेताहरू तथा कार्यकर्तासँग मिलेर प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारी निवासबाहिर प्रदर्शन गरेका छन्।
मंगलबार कांग्रेस पार्टीले सार्वजनिक गरेका भिडियोहरूमा उक्त प्रदर्शन देखिएको छ।
राहुल गान्धीले सामाजिक सञ्जाल एक्स मा लेखेका छन्, 'हामी प्रधानमन्त्री मोदीको निवासमा हिजो युवा विद्यार्थीहरूमाथि भएको क्रूरताबारे उहाँबाट जवाफ माग्न मार्च गरेका छौं।'
उनले यो टिप्पणी सोमबार दिल्लीमा युवा प्रदर्शनकारी र प्रहरीबीच भएको झडपलाई संकेत गर्दै गरेका हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले—नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण