मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह

मङ्गलबार, ०५ साउन २०८३, १७ : ३४
मङ्गलबार, ०५ साउन २०८३

सारांश

  • उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको घोषणा स्वागतयोग्य भएको बताएका छन्।
  • उनले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्रीको घोषणालाई कानुनी प्रक्रिया पूरा गरेर तत्काल कार्यान्वयनमा ल्याउन आग्रह गरेका छन्।
  • घिसिङले शिक्षा र स्वास्थ्यसम्बन्धी समता शुल्क कानुनी रूपमा खारेज गर्न तथा विद्युत् खपतमा लगाइएको ५ प्रतिशत भ्याट पनि फिर्ता लिन सरकारसँग आग्रह गरेका छन्।

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको घोषणा स्वागतयोग्य भएको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत मंगलबार प्रतिक्रिया दिँदै घिसिङले प्रधानमन्त्रीको घोषणा सामाजिक सञ्जालमै सीमित नराखी आवश्यक कानुनी प्रक्रिया पूरा गरेर तत्काल कार्यान्वयनमा ल्याउन आग्रह गरेका छन्।

उनले ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्तामाथि लगाइएको ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) ले स्वदेशमै उत्पादन भएको विद्युत्को उपयोगलाई निरुत्साहित गर्ने भन्दै उक्त व्यवस्था राष्ट्रिय ऊर्जा नीतिसँग मेल नखाने बताएका छन्।

घिसिङले शिक्षा र स्वास्थ्यसम्बन्धी समता शुल्क कानुनी रूपमा तत्काल खारेज गर्न तथा विद्युत् खपतमा लगाइएको ५ प्रतिशत भ्याट पनि फिर्ता लिन सरकारसँग आग्रह गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप