आफ्नै कीर्तिमान तोड्दै हैदराबादले रच्यो नयाँ इतिहास
बैंगलुरु । आफ्नै कीर्तिमान तोड्दै सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आईपीएल) मा नयाँ इतिहास रचेको छ । सोमबार रोयल च्यालेन्जर्स बैंगलुरुविरुद्ध हैदराबादले आईपीएलकै अहिलेसम्मको सबैभन्दा उच्च स्कोर बनाउन सफल भएको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय ८७ रन बनायो । टोलीले यसअघि गत २७ मार्चमा मुम्बई इन्डियन्सविरुद्ध आफैले बनाएको २ सय ७७ रनको कीर्तिमान तोड्यो ।
टी–२० खेलहरूमा बनेको यो दोस्रो उच्च स्कोर पनि हो । सबैभन्दा धेरै रन बनाउने कीर्तिमान नेपालको नाममा रहेको छ । नेपालले सन् २०२३ मा मंगोलियाविरुद्ध ३ विकेटको क्षतिमा ३ सय १४ रन बनाएको थियो ।
हैदराबादको कीर्तिमानी इनिङ्समा ट्राभिस हेडले विस्फोटक ब्याटिङको नमुना प्रस्तुत गर्दै ४१ बलमा १ सय २ रन बनाए । उनले यस क्रममा ९ चौका र ८ छक्का प्रहार गरे । त्यस्तै, हेनरिच क्लासेनले ३१ बलमा ६७ रन बनाए । उनले २ चौका र ७ छक्का हिर्काए । यसअघि ओपनर अभिषेक शर्माले २२ बलमा ३४ रनको योगदान दिएका थिए ।
खेलको अन्त्यतिर अब्दुल समादले १० बलमा ३७ रन तथा ऐडन मार्क्रमले १७ बलमा ३२ रन बनाउँदै टोलीलाई कीर्तिमानी स्कोरसम्म पुर्याए । हैदराबादका ब्याट्सम्यान सामु बैंगलुरुका बलरहरू निरीह देखिए । लोकी फर्गुसनले २ तथा रिस टोपलीले १ विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली लाभग्राही बनाएर भत्ता वितरण, वडाध्यक्षसहित ४२ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
-
‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह
-
यूके पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण