आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

‘बफिन्स ९८’ ले सार्वजनिक गर्यो ‘चैते दसैँ : फेदिखोलै बगर’

मङ्गलबार, ०४ वैशाख २०८१, ०७ : २४
मङ्गलबार, ०४ वैशाख २०८१

काठमाडौँ । सांगीतिक समूह ‘बफिन्स ९८’ ले नयाँ गीत ‘चैते दसैँ : फेदिखोलै बगर’ गीत ल्याएको छ । व्यावसायिक सङ्गीतलाई नपछ्याई देशभक्ति अनि राष्ट्रियताका विषयमा गीत–सङ्गीत राख्दै आएको यो समहले हाम्रै नेपालीहरुको मौलिक चाड ‘चैते दसैँ’ विषय बनाएको छ । 

नेपालको विभिन्न भूभागहरूमा आ–आफ्नै शैलीमा मनाइने यो चैते दसैँमा स्याङ्जा जिल्लाको फेदिखोला बजारमा बर्सेनि मेला लाग्ने गर्छ । पूर्वकालमा, फेदिखोलाको किनारमा हेरिने यो जमघट अहिले एक वृहत् महोत्सवको रूपमा स्याङ्जा र छिमेकी जिल्लामा परिचित छ । गीतमा त्यही विषय शब्दको मार्फत राखिएको छ ।

सञ्जीव गुरुङको स्वर तथा सङ्गीत रहेको गीतमा शब्द स्ट्रगल राना र गायक गुरुङको छ । गीतको सङ्गीत संयोजन सुमन तामाङले गरेका हुन् । गीतको म्युजिक भिडियोमा फेदिखोला बजार र सेरोफेरोका सुन्दर रमणीय स्थलहरूको आकर्षक दृश्य छायाङ्कन गरिएको छ । विशाल तामाङको निर्देशन रहेको भिडियोमा यकिन गुरुङ र बेलु गुरुङको अभिनय छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप