‘बफिन्स ९८’ ले सार्वजनिक गर्यो ‘चैते दसैँ : फेदिखोलै बगर’
काठमाडौँ । सांगीतिक समूह ‘बफिन्स ९८’ ले नयाँ गीत ‘चैते दसैँ : फेदिखोलै बगर’ गीत ल्याएको छ । व्यावसायिक सङ्गीतलाई नपछ्याई देशभक्ति अनि राष्ट्रियताका विषयमा गीत–सङ्गीत राख्दै आएको यो समहले हाम्रै नेपालीहरुको मौलिक चाड ‘चैते दसैँ’ विषय बनाएको छ ।
नेपालको विभिन्न भूभागहरूमा आ–आफ्नै शैलीमा मनाइने यो चैते दसैँमा स्याङ्जा जिल्लाको फेदिखोला बजारमा बर्सेनि मेला लाग्ने गर्छ । पूर्वकालमा, फेदिखोलाको किनारमा हेरिने यो जमघट अहिले एक वृहत् महोत्सवको रूपमा स्याङ्जा र छिमेकी जिल्लामा परिचित छ । गीतमा त्यही विषय शब्दको मार्फत राखिएको छ ।
सञ्जीव गुरुङको स्वर तथा सङ्गीत रहेको गीतमा शब्द स्ट्रगल राना र गायक गुरुङको छ । गीतको सङ्गीत संयोजन सुमन तामाङले गरेका हुन् । गीतको म्युजिक भिडियोमा फेदिखोला बजार र सेरोफेरोका सुन्दर रमणीय स्थलहरूको आकर्षक दृश्य छायाङ्कन गरिएको छ । विशाल तामाङको निर्देशन रहेको भिडियोमा यकिन गुरुङ र बेलु गुरुङको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण