मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

विक्री घट्न थालेपछि विश्वभरबाट कर्मचारी निकाल्दै टेस्ला

मङ्गलबार, ०४ वैशाख २०८१, १० : २७
मङ्गलबार, ०४ वैशाख २०८१

क्यालिफोर्निया । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाले विश्वभरबाट रोजगारी कटौती गर्ने भएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकारी (सीईओ) एलन मस्कले कर्मचारीहरूका नाममा पठाएको मेमोमा यस्तो बताइएको हो ।

केही क्षेत्रमा कयौं भूमिका र काम दोहोरिएकोले कर्मचारी निकाल्न जरुरी भएको इमेलमा मस्कले भनेका छन् । कम्पनीलाई नयाँ चरणको वृद्धिका लागि तयार बनाइरहेकोले लागत घटाउन र उत्पादकत्व बढाउन अति नै जरुरी भएको पनि बताइएको छ । यस क्रममा विश्वभर कम्पनीमा कार्यरत कर्मचारीहरूमध्येबाट १० प्रतिशत भन्दा बढीलाई कामबाट निकाल्ने निर्णय भएको मस्कको भनाइ छ ।

कम्पनीको विक्रीमा उच्च कमी आएको तथ्यांक सार्वजनिक भएको दुई हप्ता भन्दा कम अवधिमै रोजगारी कटौतीको खबर आएको हो । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यस वर्षको पहिलो त्रैमासमा टेस्लाको विक्री साढे ८ प्रतिशतले घटेको थियो । यो कमी सन् २०२० यताकै पहिलो वार्षिक कमी थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप