विक्री घट्न थालेपछि विश्वभरबाट कर्मचारी निकाल्दै टेस्ला
क्यालिफोर्निया । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाले विश्वभरबाट रोजगारी कटौती गर्ने भएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकारी (सीईओ) एलन मस्कले कर्मचारीहरूका नाममा पठाएको मेमोमा यस्तो बताइएको हो ।
केही क्षेत्रमा कयौं भूमिका र काम दोहोरिएकोले कर्मचारी निकाल्न जरुरी भएको इमेलमा मस्कले भनेका छन् । कम्पनीलाई नयाँ चरणको वृद्धिका लागि तयार बनाइरहेकोले लागत घटाउन र उत्पादकत्व बढाउन अति नै जरुरी भएको पनि बताइएको छ । यस क्रममा विश्वभर कम्पनीमा कार्यरत कर्मचारीहरूमध्येबाट १० प्रतिशत भन्दा बढीलाई कामबाट निकाल्ने निर्णय भएको मस्कको भनाइ छ ।
कम्पनीको विक्रीमा उच्च कमी आएको तथ्यांक सार्वजनिक भएको दुई हप्ता भन्दा कम अवधिमै रोजगारी कटौतीको खबर आएको हो । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यस वर्षको पहिलो त्रैमासमा टेस्लाको विक्री साढे ८ प्रतिशतले घटेको थियो । यो कमी सन् २०२० यताकै पहिलो वार्षिक कमी थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण