मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

अदालतमै निदाए पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

मङ्गलबार, ०४ वैशाख २०८१, १३ : ००
मङ्गलबार, ०४ वैशाख २०८१

वासिङ्टन डीसी । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प अदालतमै झुपुक्क निदाएका छन् । सोमबार ‘हश मनी’सम्बन्धी मुद्दाको पेशीको पहिलो दिनमा म्यानह्याटनको अदालतमा उनी एक पटक होइन दुई पटक निदाएको भन्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा समाचार छापिएका छन् । 

ओठ थोरै खुलेको अवस्थामा ट्रम्प टाउको झुकाएर बसेको भन्दै न्यूयोर्क टाइम्सले समाचार छापेको थियो । ट्रम्प निदाएको भन्दा पनि उघेँर बसेको हुन सक्ने पनि बताइएको छ । उनको च्यापुले छातीलाई छोइरहेको थियो ।

आफ्नै वकिलले आफूतिर सारेको नोटतिर पनि उनले ध्यान दिएनन् । ट्रम्प अमेरिकाको इतिहासमा फौजदारी मुद्दा सामना गर्ने पहिलो पूर्व राष्ट्रपति हुन् । ट्रम्प बसीबसी उघिँरहेको भिडियो अदालतको कोठाभित्रको स्क्रिनमा पनि देखिरहेको थियो । लञ्चपछि अदालतको कारबाही सुचारु हुँदा भने ट्रम्प उँघेको देखिएन। आफ्ना वकिलहरूसँगको कुराकानीमा उनी हातको इशाराले कुरा गरिरहेको देखिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप