दुर्गा प्रसाईंले लिएको हतियारको विवरणहरू प्राप्त नभएपछि मन्त्रालय रनभुल्लमा
काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईंले लिएको हतियारको विवरणहरू प्राप्त नभएपछि गृह मन्त्रालय रनभुल्लमा परेको छ ।
५ चैतमा प्रसाईँका सुरक्षा गार्ड अत्याधुनिक हतियारसहित सर्वोच्च अदालतको गेट अगाडिबाट पक्राउ परेपछि छानबिन गर्न मन्त्रालयले समिति गठन गरेको थियो ।
तर समितिले प्रसाईँका सुरक्षा गार्डसँग पाइएको हतियार आयात अनुमतिबारे वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसँग मागेको कागजात प्राप्त नभएपछि समितिको म्याद नै १० दिन थपिएको छ ।
गृह मन्त्रालयका सूचना अधिकारी एकदेव अधिकारीले समितिले थप बुझ्नु पर्ने देखिएकाले १० दिन म्याद थपिएको जानकारी रातोपाटीलाई दिए ।
सह–सचिव राजेन्द्रदेव पाण्डे नेतृत्वको चार सदस्यीय समितिमा मन्त्रालयका उपसचिव ऋषि पौडेल, अधिकारी र नेपाल प्रहरीका एसपी सन्तोष भट्टराई सदस्य छन् ।
प्रसाईंले जिल्ला प्रशासन कार्यालय, झापाबाट हतियारको लाइसेन्स लिएको दाबी गर्दै आएका छन् । तर, उनको भनिएको हतियारको आयात इजाजत पत्र अझै भेटिएको छैन ।
छानबिन समितिले वाणिज्य विभागसँग आयात इजाजत मागेको लामो समय बितेको छ । अझैसम्म आयात इजाजतको कागजात फेला नपरेपछि खोज्न तीन सदस्यीय समिति गठन गरिएको छ । विभागका सूचना अधिकारी आनन्दराज पोखरेलले सामान्य ढङ्गले खोज्दा कागजात नभेटिएकाले कर्मचारी सम्मिलित समिति नै गठन गरी खोज्न थालिएको जानकारी रातोपाटीलाई दिए ।
‘नर्मल ढङ्गले खोज्दा आजसम्म भेटिएको छैन’ उनले भने । गृहद्वारा गठित समितिले भने कागजात प्राप्त नभएपछि विभागमै पुगेर कागजात खोज्ने भएको छ ।
‘हामी फलोअपका लागि विभागको निरीक्षणमा जाने तयारीमा छौ’ अधिकारीले भने । समितिले जिल्ला प्रशासनले दिएको अनुमति भन्दा प्रसाईँले फरक प्रकृतिको हतियार लिएको पाइएकाले थप विवरणका लागि पुनः वाणिज्य विभाग र भन्सार विभागलाई समेत पत्र पठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ७७५ ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण