मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
नाका

थप सातवटा नाका खोल्न चीनले पठायो पत्र

मङ्गलबार, ०४ वैशाख २०८१, १४ : २४
मङ्गलबार, ०४ वैशाख २०८१

काठमाडौँ । चीनले नेपालतर्फको थप सात वटा नाका खोल्नका लागि तयार भएको छ । चीनसँग जोडिएको नेपालका परम्परागत १४ वटा नाकामध्ये तत्काल थप सात वटा नाका खोल्न तयार रहेको पत्र परराष्ट्र मन्त्रालयलाई पठाएको हो ।

प्रधानमन्त्री प्रचण्ड चीन भ्रमण गएको बेला विभिन्न १४ वटा नाका खोल्ने सहमति भएको थियो । उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले हालै सम्पन्न गरेको चीन भ्रमणको क्रममा पनि नाका खोल्ने बारेमा छलफल भएका थियो । 

परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार नाका खोल्नका लागि चीनले अग्रसरता लिए पनि नेपालको तर्फबाट चासो दिइएको छैन । चीनले पत्र पठाएको एक महिनाभन्दा बढी बितिसके पनि प्रक्रिया खासै अघि बढ्न नसकेको ती अधिकारीले बताए । तर प्रधानमन्त्री कार्यालयले भने यसबारे आन्तरिक तयारी भइरहेको र यो प्रक्रिया छिट्टै अघि बढाउने बताएको छ ।

१४ वटा नाकामध्ये यसअघि नै तातोपानी, केरुङ, कोरला र हिल्सा नाका सञ्चालनमा आइसकेका छन् । बाँकी नाकामध्ये पहिलो चरणमा सात वटा नाका खोल्नका लागि चीन तयार भएको हो ।    

झोङ्बा र डोल्पाको मेयोङ नाका,  झोङ्बा र मुगुको यासिमा नाका, जिरोङ र गोरखाको झोङ्गा नाका र गोङ्डाङ नाका, न्यालामु र दोलखाको झासिगांग नाका, डिङ्जे र ताप्लेजुङको रिवु नाका तथा पुलान नाका र बझाङको बोलिना नाका खोल्नका लागि चीनले पत्र पठाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप