थप सातवटा नाका खोल्न चीनले पठायो पत्र
काठमाडौँ । चीनले नेपालतर्फको थप सात वटा नाका खोल्नका लागि तयार भएको छ । चीनसँग जोडिएको नेपालका परम्परागत १४ वटा नाकामध्ये तत्काल थप सात वटा नाका खोल्न तयार रहेको पत्र परराष्ट्र मन्त्रालयलाई पठाएको हो ।
प्रधानमन्त्री प्रचण्ड चीन भ्रमण गएको बेला विभिन्न १४ वटा नाका खोल्ने सहमति भएको थियो । उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले हालै सम्पन्न गरेको चीन भ्रमणको क्रममा पनि नाका खोल्ने बारेमा छलफल भएका थियो ।
परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार नाका खोल्नका लागि चीनले अग्रसरता लिए पनि नेपालको तर्फबाट चासो दिइएको छैन । चीनले पत्र पठाएको एक महिनाभन्दा बढी बितिसके पनि प्रक्रिया खासै अघि बढ्न नसकेको ती अधिकारीले बताए । तर प्रधानमन्त्री कार्यालयले भने यसबारे आन्तरिक तयारी भइरहेको र यो प्रक्रिया छिट्टै अघि बढाउने बताएको छ ।
१४ वटा नाकामध्ये यसअघि नै तातोपानी, केरुङ, कोरला र हिल्सा नाका सञ्चालनमा आइसकेका छन् । बाँकी नाकामध्ये पहिलो चरणमा सात वटा नाका खोल्नका लागि चीन तयार भएको हो ।
झोङ्बा र डोल्पाको मेयोङ नाका, झोङ्बा र मुगुको यासिमा नाका, जिरोङ र गोरखाको झोङ्गा नाका र गोङ्डाङ नाका, न्यालामु र दोलखाको झासिगांग नाका, डिङ्जे र ताप्लेजुङको रिवु नाका तथा पुलान नाका र बझाङको बोलिना नाका खोल्नका लागि चीनले पत्र पठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण