ओसामा भिनलादेन : नामकै कारण चर्चामा यी फुटबलर
पेरु । पेरुको पहिलो डिभिजनमा फुटबल खेलिरहेका २२ वर्षीय ओसामा भिनलादेनले यतिबेला आफ्नो खेल कौशल र करियरभन्दा आफ्नो विवादित नामका कारण चर्चा कमाइरहेका छन् ।
ओसामा भिनलादेन जिमेनेज लोपेजको नाम पहिलोपटक सन् २०१७ मा चर्चामा आएको थियो जब उनलाई पेरुको यू–१५ टोलीमा समावेश गरिएको थियो । उनले सन् २०१८ मा दोस्रो डिभिजन क्लब युनियन कामर्सिकोका लागि व्यावसायिक डेब्यू गरे । त्यतिबेला पनि उनी सञ्चारमाध्यममा हेडलाइन बन्न पुगे ।
नामका कारण चर्चा कमाइरहने ओसामालाई भने आफ्नो नामसँग कुनै समस्या छैन । उनको दाइको नाम पनि सद्दाम हुसैन राखिएको उनको भनाई छ । उनका पिताले आफ्नो तेस्रो छोराको नाम जर्ज बुस राख्न चाहेका थिए तर उनले त्यो अवसर भने पाएनन् । तेस्रो सन्तानका रूपमा छोरीको जन्म भएको थियो ।
‘बिन लादेनले अमेरिकाको ट्वीन टावरमाथि हमला गरेपछि उनको नाम समाचारमा आइरहन्थ्यो । मेरो जन्म सन् २०२२, अक्टोबर ७ मा भयो । सायद मेरो बुबालाई त्यो नाम मनपर्यो,’ मार्कासँग कुराकानी गर्दै उनले भने ।
उनले आफ्नो नाम कुख्यात आतङ्कवादीसँग मिल्दोजुल्दो भए पनि पूर्णरुपमा भने नमिल्ने सुनाए । ओसामाको नाम बिन लादेन भएको तर आफ्नो भने भिन लादेन भएको उनको भनाई छ । युवा खेलाडीलाई कुनै बेला नाम परिवर्तन गर्ने सोच आए पनि अहिले आफ्नो नामलाई स्वीकार गरिसकेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण