ओसामा भिनलादेन : नामकै कारण चर्चामा यी फुटबलर

पेरु । पेरुको पहिलो डिभिजनमा फुटबल खेलिरहेका २२ वर्षीय ओसामा भिनलादेनले यतिबेला आफ्नो खेल कौशल र करियरभन्दा आफ्नो विवादित नामका कारण चर्चा कमाइरहेका छन् ।
ओसामा भिनलादेन जिमेनेज लोपेजको नाम पहिलोपटक सन् २०१७ मा चर्चामा आएको थियो जब उनलाई पेरुको यू–१५ टोलीमा समावेश गरिएको थियो । उनले सन् २०१८ मा दोस्रो डिभिजन क्लब युनियन कामर्सिकोका लागि व्यावसायिक डेब्यू गरे । त्यतिबेला पनि उनी सञ्चारमाध्यममा हेडलाइन बन्न पुगे ।
नामका कारण चर्चा कमाइरहने ओसामालाई भने आफ्नो नामसँग कुनै समस्या छैन । उनको दाइको नाम पनि सद्दाम हुसैन राखिएको उनको भनाई छ । उनका पिताले आफ्नो तेस्रो छोराको नाम जर्ज बुस राख्न चाहेका थिए तर उनले त्यो अवसर भने पाएनन् । तेस्रो सन्तानका रूपमा छोरीको जन्म भएको थियो ।
‘बिन लादेनले अमेरिकाको ट्वीन टावरमाथि हमला गरेपछि उनको नाम समाचारमा आइरहन्थ्यो । मेरो जन्म सन् २०२२, अक्टोबर ७ मा भयो । सायद मेरो बुबालाई त्यो नाम मनपर्यो,’ मार्कासँग कुराकानी गर्दै उनले भने ।
उनले आफ्नो नाम कुख्यात आतङ्कवादीसँग मिल्दोजुल्दो भए पनि पूर्णरुपमा भने नमिल्ने सुनाए । ओसामाको नाम बिन लादेन भएको तर आफ्नो भने भिन लादेन भएको उनको भनाई छ । युवा खेलाडीलाई कुनै बेला नाम परिवर्तन गर्ने सोच आए पनि अहिले आफ्नो नामलाई स्वीकार गरिसकेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लामो भाषण गरेर जनतालाई नथकाउन प्रचण्डको सुझाव
-
बागमती प्रदेश सभाबाट आज पनि दुई विधेयक पारित
-
प्रतिपक्षीले राखेको विषयमा प्रधानमन्त्री गम्भीर बन्नुपर्छ: विश्वप्रकाश
-
राजु पाण्डेको निलम्बनपछि जोशीलाई निमित्तको जिम्मेवारी
-
जथाभाबी ढुंगागिटी उत्खनन रोक्न समाजवादी मोर्चाको माग
-
आमा ‘ब्रेन ह्यामरेज’ भएर अस्पतालमा हुनुहुन्छ, यस्तो बेलामा मानवीयताको समेत ख्याल गरिएन : राजु पाण्डे