त्रिभुवन विश्वविद्यालयका उत्कृष्ट विद्यार्थीले थेसिस लेखनका लागि २५ हजार रूपैयाँ पाउने
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायका सबै विभागका उत्कृष्ट विद्यार्थीले थेसिस तथा अनुसन्धानमा आर्थिक सहयोग पाउने भएका छन् । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) र नेपाल र एशियाली अध्ययन केन्द्र (सीनास) बीच भएको सम्झौता अनुसार आर्थिक सहयोग पाउने भएका हुन् ।
त्रिवि मानविकी तथा सामाजिकशास्त्र संकायका सबै केन्द्रीय विभागका १/१ जना उत्कृष्ट विद्यार्थीले थेसिस/अनुसन्धानमा सहयोग पाउने भएका हुन् । त्यसका लागि त्रिवि स्ववियु सभापति श्यामराज ओझा र सीनासका कार्यकारी निर्देशक डाक्टर मृगेन्द्र बहादुर कार्कीबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
शैक्षिक सत्र २०८०/८१ देखि लागु हुने गरी सो सिनासवृत्ति उपलब्ध गराउन समझदारी भएको जनाइएको छ ।
समझदारी अनुसार त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गतका केन्द्रीय विभागमा अध्ययनरत विद्यार्थीहरूको शोधकार्य सम्पन्न गर्नका लागि प्रति विभाग १ विद्यार्थीलाई २५ हजार प्रदान गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् पुनर्गठन, मन्त्रीहरूले लिए शपथ
-
सर्वोच्च अदालतद्वारा सुनुवाइको ‘लाइभ स्ट्रिमिङ’ परीक्षण
-
ट्राफिक नियम उल्लङ्घनको अभियोगमा हर्क साम्पाङलाई के भयो कारबाही ?
-
गुजरात जिएम चेसमा पुरूषोत्तम सिलवाल उत्कृष्ट विदेशी दोश्रो खेलाडी घोषित
-
रास्वपा जिल्ला अधिवेशन : मधेसमा सुल्झिएन विवाद, महिलाको उपस्थिति कमजोर
-
सुदूरपश्चिम मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ, शपथका लागि पुगेकाहरू डेढ घण्टादेखि प्रतीक्षामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण