मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

त्रिभुवन विश्वविद्यालयका उत्कृष्ट विद्यार्थीले थेसिस लेखनका लागि २५ हजार रूपैयाँ पाउने

मङ्गलबार, ०४ वैशाख २०८१, १६ : ४७
मङ्गलबार, ०४ वैशाख २०८१

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायका सबै विभागका उत्कृष्ट विद्यार्थीले थेसिस तथा अनुसन्धानमा आर्थिक सहयोग पाउने भएका छन् । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) र नेपाल र एशियाली अध्ययन केन्द्र (सीनास) बीच भएको सम्झौता अनुसार आर्थिक सहयोग पाउने भएका हुन् ।

त्रिवि मानविकी तथा सामाजिकशास्त्र संकायका सबै केन्द्रीय विभागका १/१ जना उत्कृष्ट विद्यार्थीले थेसिस/अनुसन्धानमा सहयोग पाउने भएका हुन् । त्यसका लागि त्रिवि स्ववियु सभापति श्यामराज ओझा र  सीनासका कार्यकारी निर्देशक डाक्टर मृगेन्द्र बहादुर कार्कीबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

 शैक्षिक सत्र २०८०/८१ देखि लागु हुने गरी सो सिनासवृत्ति उपलब्ध गराउन समझदारी भएको जनाइएको छ । 

समझदारी अनुसार त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गतका केन्द्रीय विभागमा अध्ययनरत विद्यार्थीहरूको शोधकार्य सम्पन्न गर्नका लागि प्रति विभाग १ विद्यार्थीलाई २५ हजार प्रदान गरिनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप