मधेस प्रदेश सरकार
मधेस प्रदेशमा लोसपाका मन्त्रीले दिए राजीनामा
मङ्गलबार, ०४ वैशाख २०८१, १६ : ५८
जनकपुर । मधेस प्रदेश सरकारमा लोसपाबाट मन्त्री बनेका रमेशप्रसाद कुर्मीले राजीनामा दिएका छन् ।
वनमन्त्री कुर्मीको राजीनामासँगै मुख्यमन्त्री सरोज यादवलाई दिएको समर्थन फिर्ता लिने तयारी समेत भएको नेता जितेन्द्र सोनलले जानकारी दिए ।
मुख्यमन्त्री यादवले मंगलबार विश्वासको मत लिन लिने कार्यक्रम रहेपनि जनमतको अवरोधका कारण प्रदेशसभा बैठक स्थगित भएको छ । १० मिनेटका लागि बैठक स्थगित गरिए पनि हालसम्म बैठक सुचारु हुन सकेको छैन । दलका नेताहरू तीन घण्टायता बैठक सुचारु गर्न आन्तरिक छलफलमा छन् ।
यसैबीच कुर्मीको राजीनामा मंगलबार नै स्वीकृत भएको छ । मंगलबार नै वन मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री सरोजकुमार यावले सम्हाल्ने गरी प्रदेश प्रमुखले तोकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नाउपाकी थापाले लिइन् कृषि मन्त्रीको शपथ
-
पर्वतमा दम्पतीको हत्या प्रकरणः सीआईबीद्वारा २ जना पक्राउ
-
प्रभु बैंकको सञ्चालकमा कार्की र बलायर नियुक्त
-
विराटलाई विश्वकप टोलीमा समावेश गर्न बीसीसीआईलाई रोहित शर्माको सुझाव
-
भोजपुर र धनकुटामा नोबेलको निःशुल्क स्वास्थ्य शिविर
-
चीनको भन्सार र क्वारेन्टिन प्रक्रिया सहजीकरण गर्न आग्रह