उद्योगहरूमा दैनिक १६ घण्टासम्म लोडसेडिङ हुन्छ : अध्यक्ष अग्रवाल
काठमाडौँ । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले उद्योगहरूमा दैनिक १६ घण्टासम्म लोडसेडिङ हुने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
मंगलबार परिसंघको २१ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले पछिल्ला केही महिनादेखि उद्योगहरूमा गरिएको अघोषित लोडसेडिङले उद्योगीहरू थप मर्माहत भएको बताए । उनले एकातिर विद्युत् खपत बढाउन नेपाल विद्युत् प्राधिकरण लागिरहेको र अर्कोतर्फ धेरै विद्युत् खपत गरिरहेका उद्योगहरूमा १६ घण्टासम्म लोडसेडिङ गराउने काम भइरहेको बताए । उनले सरकारको यो कस्तो नीति हो ? भन्दै प्रश्न गरे ।
अध्यक्ष अग्रवालले विद्युत् प्राधिकरणले अहिले विद्युत् आयात गर्दा महँगो पर्ने भनिरहेको भन्दै केही समय आयात गर्दा प्राधिकरणलाई केही घाटा भएपनि विद्युत् उपलब्ध भए समग्र अर्थतन्त्रको विकासमा योगदान पुग्ने बताए । उनले महँगो दरमा आयात गरेर भएपनि उद्योगहरूलाई विद्युत् उपलब्ध गराउन माग गरे । उनले समग्र बजारमा सुधार आउन नसक्दा कम उत्पादन गरिरहेका उद्योगहरूको उत्पादन लागत बढिरहेको बताए ।
अध्यक्ष अग्रवालले मुलुकमा उद्योग व्यवसायलाई प्रोत्साहन नदिँदा देशभित्र रोजगारका अवसर सिर्जना हुन नसकेको बताए । उनले अर्थतन्त्रमा चौतर्फी चुनौती र समस्या रहेको बताए । चुनौती र समस्या समाधानका लागि ठुलो शल्यक्रियाको खाँचो भएपनि मल्हमपट्टी गरेर शिथिल अर्थतन्त्र उकास्ने सोच्ने काम भइरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण