मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
सुरु भयो सेतो मच्छिन्द्रनाथको रथयात्रा, तस्बिरहरू
फोटोफिचर

सुरु भयो सेतो मच्छिन्द्रनाथको रथयात्रा, तस्बिरहरू

मङ्गलबार, ०४ वैशाख २०८१

काठमाडौँ । वर्षा र सहकालका देवता मानिएका सेतो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि काठमाडौँमा सुरु भएको छ । मंगलबार बेलुकी रथयात्रा सुरु गर्नुअघि केलटोलबाट मच्छिन्द्रनाथलाई खटमा राखी तीनधारा पाठशाला अगाडीको रथसम्म ल्याइएको थियो । 

seto machhindranath (1)

यसरी ल्याइएको मच्छिन्द्रनाथलाई  दरबारमार्गस्थित तीनधारा पाठशाला अगाडि बनाइएको रथमा रथारोहण गराइन्छ ।  प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीको दिनबाट रथयात्रा सुरु गरिन्छ । काठमाडौँको पुरानो बस्ती भएको सहरको भित्री भाग हुँदै चल्ने यो रथयात्रा तीन दिनसम्म चल्छ । असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः रथयात्रा मच्छेन्द्रबहालमा ल्याएर अन्त्य गरिन्छ । 

seto machhindranath (2)

आज पहिलो दिन सेतो मच्छिन्द्रनाथलाई जमलबाट असनसम्म पुर्‍याइन्छ । अर्को दिन असनबाट हनुमान ढोका अगाडिसम्म र  त्यसको भोलिपल्ट अर्थात् तेस्रो दिन मच्छिन्द्रनाथको रथ तानेर हनुमान ढोकाबाट लगनसम्म लैजाने चलन छ । 

seto machhindranath (31)

रथ लगनमा पुगेपछि त्यहाँ रहेको मच्छिन्द्रनाथकी आमाको मन्दिर र मां सीमा नामक रुखलाई तीनपटक परिक्रमा गराई जात्राको समापन गरिन्छ ।

मच्छिन्द्रनाथको रथ लगन टोलमा रथ पुगे पछि जीवित देवी कुमारीलाई सानो खटमा राखी बोकेर बाजा बजाउँदै ल्याई लगन चोकमा जात्रा देखाउने चलन छ ।

seto machhindranath (3)seto machhindranath (4)seto machhindranath (5)seto machhindranath (6)seto machhindranath (7)seto machhindranath (8)seto machhindranath (9)seto machhindranath (10)seto machhindranath (11)seto machhindranath (12)seto machhindranath (13)seto machhindranath (14)seto machhindranath (15)seto machhindranath (16)seto machhindranath (17)seto machhindranath (18)seto machhindranath (19)seto machhindranath (20)seto machhindranath (21)seto machhindranath (22)seto machhindranath (23)seto machhindranath (24)seto machhindranath (25)seto machhindranath (26)seto machhindranath (27)seto machhindranath (28)seto machhindranath (29)seto machhindranath (30)seto machhindranath (32)seto machhindranath (33)seto machhindranath (34)seto machhindranath (35)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया