मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

रुस युक्रेन युद्ध: ५० हजार रुसी सैनिकको मृत्यु

बुधबार, ०५ वैशाख २०८१, ११ : ४८
बुधबार, ०५ वैशाख २०८१

मस्को । युक्रेनमाथि रुसले आक्रमण गरेयता युक्रेनमा मर्ने रुसी सेनाको सङ्ख्या ५० हजार नाघेको बीबीसीले बताएको छ । युद्ध छेडियताको पहिलो वर्षको तुलनामा पछिल्लो वर्ष मृतकको सङ्ख्या करिब २५ प्रतिशत धेरै भएको बताइएको छ । 

सन् २०२२ को  फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण गरेयता बीबीसी रुसियन, स्वतन्त्र सञ्चार समूह मिडियाजोना र स्वयम्सेवकहरूले शव गनिरहेका छन् । शमसान घाटमा नयाँ चिहानले पनि कयौँ मृतक सेनाबारे जानकारी दिएको छ । बीबीसीको टोलीले पनि सरकारी प्रतिवेदन, पत्रपत्रिका र सामाजिक सञ्जालबाट पनि जानकारी बटुलेको बताइएको छ । 

युद्ध सुरु भएपछिको दोस्रो वर्षमा २७ हजार ३०० भन्दा धेरै रुसी सैनिकहरू मरेका छन् । यस विषयमा रुसले भने कुनै प्रतिक्रिया दिन नमानेको बताइएको छ । युद्ध सुरु भएयता मर्नेको सङ्ख्या ५० हजार नाघेको बताइएको छ । यो सन् २०२२ को सेप्टेम्बरमा रुसले सार्वजनिक गरेको आकडाको तुलनामा ८ गुणा धेरै हो । यसमा उत्तरी युक्रेनमा रुसको कब्जामा रहेको दोनेस्तक र लुहान्स्कमा मरेका सेनाहरूको गणना गरिएको छैन । फेब्रुअरीमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ३१ हजार युक्रेनी सेना मारिएको बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप