रुस युक्रेन युद्ध: ५० हजार रुसी सैनिकको मृत्यु
मस्को । युक्रेनमाथि रुसले आक्रमण गरेयता युक्रेनमा मर्ने रुसी सेनाको सङ्ख्या ५० हजार नाघेको बीबीसीले बताएको छ । युद्ध छेडियताको पहिलो वर्षको तुलनामा पछिल्लो वर्ष मृतकको सङ्ख्या करिब २५ प्रतिशत धेरै भएको बताइएको छ ।
सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण गरेयता बीबीसी रुसियन, स्वतन्त्र सञ्चार समूह मिडियाजोना र स्वयम्सेवकहरूले शव गनिरहेका छन् । शमसान घाटमा नयाँ चिहानले पनि कयौँ मृतक सेनाबारे जानकारी दिएको छ । बीबीसीको टोलीले पनि सरकारी प्रतिवेदन, पत्रपत्रिका र सामाजिक सञ्जालबाट पनि जानकारी बटुलेको बताइएको छ ।
युद्ध सुरु भएपछिको दोस्रो वर्षमा २७ हजार ३०० भन्दा धेरै रुसी सैनिकहरू मरेका छन् । यस विषयमा रुसले भने कुनै प्रतिक्रिया दिन नमानेको बताइएको छ । युद्ध सुरु भएयता मर्नेको सङ्ख्या ५० हजार नाघेको बताइएको छ । यो सन् २०२२ को सेप्टेम्बरमा रुसले सार्वजनिक गरेको आकडाको तुलनामा ८ गुणा धेरै हो । यसमा उत्तरी युक्रेनमा रुसको कब्जामा रहेको दोनेस्तक र लुहान्स्कमा मरेका सेनाहरूको गणना गरिएको छैन । फेब्रुअरीमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ३१ हजार युक्रेनी सेना मारिएको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
-
मुख्यमन्त्रीलाई नबुझाउँदै कसरी बाहिरियो एमालेका मन्त्रीहरूको राजीनामापत्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण