इरानमाथि थप प्रतिबन्ध लगाउन खोज्दै छन् अमेरिका र ईयू
वाशिङटन डीसी । अमेरिका र यूरोपेली संघ (ईयू)ले इरानमाथि थप प्रतिबन्ध लगाउन खोजिरहेका छन् । गएको सप्ताहान्तमा इजरायलमाथि हवाई आक्रमण गरेपछि इरानमाथि प्रतिबन्ध बढाउन लागिएको हो । कारबाही आगामी दिनमा गरिने अमेरिकी अर्थमन्त्री जेनेट येलेनले भनेकी छिन् । ईयूको विदेश नीति प्रमुख जोसेप बोर्रेलले पनि समूहले यस विषयमा काम गरिरहेको बताएका छन् ।
इजरायलले आफ्ना मित्र देशहरूलाई इरानको परमाणु कार्यक्रम निषेध गर्न अनुरोध गरेको थियो । संयुक्त राष्ट्र संघले इरानको आणविक कार्यक्रममाथि लगाएको प्रतिबन्ध अक्टोबरमै सकिएको थियो । तर अमेरिका, ईयू र बेलायतसमेतका केही देशले प्रतिबन्ध यथावत् राख्दै नयाँ बन्देज थपेका पनि थिए । इरानले शनिबार पहिलो पटक इजरायलमाथि सिधै हमला गरेको थियो । उक्त हमलामा इरान, इराक, सिरिया र यमनबाट ३०० भन्दा धेरै ड्रोन र मिसाइलहरू प्रहार भएका थिए ।
तर इजरायल र यसका मित्र देशहरूले अधिकांश ड्रोन र मिसाइल आकाशबाटै खसाइदिएका थिए । अप्रिल १ मा सिरियास्थित इरानी वाणिज्य दूतावासमा भएको हवाई आक्रमणको प्रतिकारमा इरानले शनिबार इजरायलमाथि हवाई हमला गरेको थियो । अहिलेसम्म इजरायलले कूटनीतिक रुपमा मात्रै आक्रामक देखिएको थियो । इजरायलका विदेश मन्त्रीले ३० भन्दा धेरै देशहरूलाई इरानको मिसाइल कार्यक्रममाथि प्रतिबन्ध लगाउन अनुरोध गरेका थिए । इरानो मुख्य सैन्य, राजनीतिक एवम् आर्थिक बल इस्लामिक रिभोलुशनरी गार्ड कप्र्स (आईआरजीसी)लाई आतंकवादी सङ्गठन घोषित गर्न पनि मान गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण