मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

लागु औषध मुद्दामा यस्तो थियो एन्फा उपाध्यक्षको बयान

बुधबार, ०५ वैशाख २०८१, १३ : ५०
बुधबार, ०५ वैशाख २०८१

काठमाडौँ । लागु औषध –खैरो हिरोइन मुद्दामा दोषी ठहर भई फरार सूचीमा रहेका अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामालाई प्रहरीले बुधवार पक्राउ गर्‍यो । 

झण्डै १७ वर्षअघि २०६१ साउन ८ गते ५ ग्राम ब्राउन सुगरसहित काठमाडौँको बालाजुबाट पक्राउ परेका दावा त्यसको एक महिनापछि पुर्पक्षका लागि कारागार चलान भएका थिए । 

पछि २०६२ जेठ १० गते जिल्ला अदालतले लामालाई ६ महिना मात्र कैद सजाय गरेपछि उनी छुटेका थिए । फैसला हुँदा उनी झन्डै १० महिना जेल बसिसकेका थिए ।

तर जिल्ला सरकारी वकिल कार्यालय अदालतको उक्त फैसलाविरुद्ध उच्च अदालत पाटन पुगेको थियो । २०६४ जेठ २० गते पुनरावेदन अदालत पाटनका न्यायधीशद्वय अलि अकवर मिकरानी र जनार्दन बहादुर खड्काको इजलासले दावालाई ५ वर्ष जेल सजाय सुनाएको भए पनि उनी पक्राउ पर्न सकेका थिएनन् ।  

यस्तो छ दावाले अदालतसमक्ष गरेको बयानको सारांश 

म बाट लागु औषध बरामद भएको होइन मेरो साथी नवीन लामा वनस्थलीमा खाजा खान गएको थिएँ । निजसँग लागु औषध खैरो हेरोइनको प्याकेट रहेछ । उक्त कुरा थाहा पाई प्रहरी त्यहाँ आई निजलाई पक्राउ गरी लागु औषध बरामद गरी निजलाई कुटपिट गरी छाडी दिए र मलाई समाते । प्रहरी समक्ष गरेको बयान मेरो होइन । जबरजस्ती झुटा ब्यहोरा लेखिएको कागजमा सहीछाप गराएका हुन् । मलाई पढ्न समेत दिइएन । लागु औषध कारोबारमा मेरो कुनै संलग्नता नै नभएको हुँदा मलाई सजाय हुनु पर्ने होइन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप