एसीसी प्रिमियर कप क्रिकेट : करण केसीले नै लिए साउदी अरेबियाको दोस्रो विकेट
काठमाडौँ । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपालले साउदी अरेबियाको दोस्रो विकेट लिएको छ । साउदी अरेबियाको दोस्रो विकेट पनि करण केसीले नै लिए ।
करणले साउदी अरेबियाका तेस्रो नम्बरका ब्याट्सम्यान अब्दुल वाहिदलाई ११ रनको ब्यक्तिगत स्कोरमा कुशल भुर्तेलद्वारा क्याच गराएका हुन् । २.१ ओभरमा अब्दुल वाहिद आउट हुँदा साउदी अरेबियाले २० रन बनाएको छ ।
साउदी अरेबियाको पहिलो विकेट पनि करण केसीले नै लिएका थिए । उनले साउदी अरेबियाका ओपनर ब्याट्सम्यान फैसल खानलाई ६ रनको ब्यक्तिगत स्कोरमा कुशल मल्लद्वारा क्याच गराए । पहिलो ओभरको दोस्रो बलमा फैसल खान आउट हुँदा साउदी अरेबियाले केवल ६ रन बनाएको छ ।
नेपालले टस जिती साउदी अरेबियालाई पहिले ब्याटिङको निम्तो दिएको हो । खेल आठ-आठ ओभरमा खेलाइँदै छ । नेपाल र साउदी अरेबियाबिचको खेल नेपाली समय अनुसार, विहान ११ः४५ बजे सुरु हुने कार्यक्रम थियो । तर, अघिल्लो रातको वर्षाका कारण आउट फिल्ड खेल्न योग्य नभएकाले खेल सुरु हुन ढिलो भएको हो ।
नेपाली टोली यसअघि नै समूह विजेताका रुपमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने निश्चित भइसकेको छ । नेपाल यसअघि आफूले खेलेका तीनवटै खेलमा विजयी भएको थियो । नेपालले आफ्नो पहिलो खेलमा मलेसियालाई पाँच विकेटले, दोस्रो खेलमा कतारलाई ३२ रनले र तेस्रो खेलमा हङ्कङलाई आठ विकेटले हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026