मलेसियालाई हराएपछि हङकङको सेमिफाइनल प्रवेश सम्भावना जिवितै
काठमाडौँ । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम खेलमा हङ्कङले मलेसियालाई सात विकेटले हराएको छ । जितसँगै हङ्कङले सेमिफाइनलमा पुग्ने सम्भावना पनि जिवितै राखेको छ ।
तीन खेल खेलेको नेपाल ६ अंकसहित तालिकाको पहिलो स्थानमा छ । नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुग्ने निश्चित भइसकेको छ । उपविजेताका रुपमा सेमिफाइनलमा पुग्न हङ्कङ र साउदी अरेबियाबिच चर्को प्रतिस्पर्धा छ । हङ्कङ चार खेलबाट चार अंक बटुल्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । कतार र मलेसिया भने उपाधि होडबाट बाहिरिएका छन् । चार खेलबाट चार अंक बटुलेको कतार नेट रनरेटमा हङ्कङभन्दा पछाडि परेको छ ।
साउदी अरेबियाले तीन खेलबाट दुई अंक जोडेको छ । अहिले नेपाल र साउदी अरेबियाबिच खेल भइरहेको छ । उक्त खेलमा नेपाल विजयी भए साउदी अरेबिया उपाधि होडबाट बाहिरिने छ । यस्तो अवस्थामा हङ्कङ समूह उपविजेताका रुपमा सेमिफाइनलमा पुग्ने छ ।
तर, नेपाललाई हराउन सकेमा साउदी अरेबिया सेमिफाइनलमा प्रवेश गर्नेछ । यस्तो अवस्थामा साउदी अरेबियाको पनि चार अंक हुनेछ । अहिले पनि हङ्कङको भन्दा साउदी अरेबियाको नेट रनरेट राम्रो रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण