मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

मलेसियालाई हराएपछि हङकङको सेमिफाइनल प्रवेश सम्भावना जिवितै

बुधबार, ०५ वैशाख २०८१, १४ : ४१
बुधबार, ०५ वैशाख २०८१

काठमाडौँ । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम खेलमा हङ्कङले मलेसियालाई सात विकेटले हराएको छ । जितसँगै हङ्कङले सेमिफाइनलमा पुग्ने सम्भावना पनि जिवितै राखेको छ । 

तीन खेल खेलेको नेपाल ६ अंकसहित तालिकाको पहिलो स्थानमा छ । नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुग्ने निश्चित भइसकेको छ । उपविजेताका रुपमा सेमिफाइनलमा पुग्न हङ्कङ र साउदी अरेबियाबिच चर्को प्रतिस्पर्धा छ ।  हङ्कङ चार खेलबाट चार अंक बटुल्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । कतार र मलेसिया भने उपाधि होडबाट बाहिरिएका छन् । चार खेलबाट चार अंक बटुलेको कतार नेट रनरेटमा हङ्कङभन्दा पछाडि परेको छ । 

साउदी अरेबियाले तीन खेलबाट दुई अंक जोडेको छ । अहिले नेपाल र साउदी अरेबियाबिच खेल भइरहेको छ । उक्त खेलमा नेपाल विजयी भए साउदी अरेबिया उपाधि होडबाट बाहिरिने छ । यस्तो अवस्थामा हङ्कङ समूह उपविजेताका रुपमा सेमिफाइनलमा पुग्ने छ ।
तर, नेपाललाई हराउन सकेमा साउदी अरेबिया सेमिफाइनलमा प्रवेश गर्नेछ । यस्तो अवस्थामा साउदी अरेबियाको पनि चार अंक हुनेछ । अहिले पनि हङ्कङको भन्दा साउदी अरेबियाको नेट रनरेट राम्रो रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप