बाढीमा डुबेको दुबई, तस्बिर
बुधबार, ०५ वैशाख २०८१, १५ : ४२
दुबई । भारी वर्षा र आँधीले खाडीका केही राज्य बाढीको चपेटामा परे । बाढीको कारण मंगलबार दुबई विमानस्थल नै बन्द गर्नु परेको थियो । प्रायजसो गर्मी र घमाइलो मौसम हुने संयुक्त अरब इमिरेट्स (यूएई)मा २४ घण्टाको अवधिमा १०० एमएम भन्दा बढी वर्षा भयो । यो ७५ वर्षयता वर्षासम्बन्धी रेकर्ड राख्न थालेयताकै धेरै थियो ।
स्थानीय सरकारले रेड अलर्ट जारी गरेको छ भने कार्यालय, विद्यालय र बैंक नै बन्द गरिएको छन् । आँधीको चपेटामा मध्य पूर्वका अन्य क्षेत्र पनि परेका छन् । ओमानमा बाढीकै कारण कम्तीमा १९ जनाको ज्यान गएको भन्दै स्थानीय सञ्चार माध्यमले समाचार छापेका छन् ।
बाढीको पानीले सडक डुबानमा पर्दा सवारी साधनहरू गुड्नै गाह्रो भएको देखिन्थ्यो । सडकमा कयौँ सवारी साधन पानीमा चुर्लुम्म डुबेका थिए । तस्बिरमा हेर्नुस् बाढी कारण डुबानमा परेको दुबई:













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण