मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

दिल्लीसामु गुजरात निरीह

बुधबार, ०५ वैशाख २०८१, २२ : ३६
बुधबार, ०५ वैशाख २०८१

अहमादाबाद । गुजरात टाइटन्स अहिलेसम्मकै आफ्नो न्यून स्कोरमा सीमित बनेपछि दिल्ली क्यापिटल्सले सहज जित हासिल गरेको छ । इन्डियन प्रिमियर लिग (आईपीएल) को ३२ औँ खेलमा दिल्ली ६ विकेटले विजयी बनेको हो ।

गुजरातले प्रस्तुत गरेको ९० रनको झिनो लक्ष्य दिल्लीले ६७ बल अगावै ४ विकेटको क्षतिमा पछ्यायो । दिल्लीको जीतमा जेक फ्रेसर म्याकग्रुकले सर्वाधिक २० रनको योगदान दिए ।  त्यस्तै, साइ होपले १९ तथा कप्तान ऋषभ पन्तले नटआउट रहँदै १६ रन बनाए । गुजरातका लागि सन्दीप वारियरले २ तथा स्पेन्सर जोन्सन र रासिद खानले १–१ विकेट लिए ।

यसअघि मुकेश कुमारले ३ तथा इशान्त शर्मा र ट्रिस्टन स्टब्सले २–२ विकेट लिएपछि गुजरात १७.३ ओभरमा मात्र ८९ रनमा समेटिएको थियो । गुजरातका लागि रासिद खानले ३१ रन तथा साइ सुदर्शनले १२ तथा राहुल तेवाटियाले १० रन बनाउन बाहेक अन्य ब्याटर दोहोरो अंकमा रन नै जोड्न सकेनन् ।

७ खेलबाट तेस्रो जीत हासिल गर्दै दिल्ली गुजरातलाई उछिनेर छैटौँ स्थानमा उक्लेको छ । गुजरातको समान अंक भए पनि एक स्थानपछि रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप