दिल्लीसामु गुजरात निरीह
अहमादाबाद । गुजरात टाइटन्स अहिलेसम्मकै आफ्नो न्यून स्कोरमा सीमित बनेपछि दिल्ली क्यापिटल्सले सहज जित हासिल गरेको छ । इन्डियन प्रिमियर लिग (आईपीएल) को ३२ औँ खेलमा दिल्ली ६ विकेटले विजयी बनेको हो ।
गुजरातले प्रस्तुत गरेको ९० रनको झिनो लक्ष्य दिल्लीले ६७ बल अगावै ४ विकेटको क्षतिमा पछ्यायो । दिल्लीको जीतमा जेक फ्रेसर म्याकग्रुकले सर्वाधिक २० रनको योगदान दिए । त्यस्तै, साइ होपले १९ तथा कप्तान ऋषभ पन्तले नटआउट रहँदै १६ रन बनाए । गुजरातका लागि सन्दीप वारियरले २ तथा स्पेन्सर जोन्सन र रासिद खानले १–१ विकेट लिए ।
यसअघि मुकेश कुमारले ३ तथा इशान्त शर्मा र ट्रिस्टन स्टब्सले २–२ विकेट लिएपछि गुजरात १७.३ ओभरमा मात्र ८९ रनमा समेटिएको थियो । गुजरातका लागि रासिद खानले ३१ रन तथा साइ सुदर्शनले १२ तथा राहुल तेवाटियाले १० रन बनाउन बाहेक अन्य ब्याटर दोहोरो अंकमा रन नै जोड्न सकेनन् ।
७ खेलबाट तेस्रो जीत हासिल गर्दै दिल्ली गुजरातलाई उछिनेर छैटौँ स्थानमा उक्लेको छ । गुजरातको समान अंक भए पनि एक स्थानपछि रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली लाभग्राही बनाएर भत्ता वितरण, वडाध्यक्षसहित ४२ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
-
‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह
-
यूके पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण