आकाश चोपडा भन्छन्– ‘हार्दिकले मुम्बईसँगै गुजरातलाई पनि डुबाए’
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १७ औँ संस्करण सुरु हुनुभन्दा ठिकअघि मुम्बई इन्डियन्सले एउटा अप्रत्यासित निर्णय लियो । मुम्बईले आफ्ना सर्वाधिक सफल कप्तान रोहित शर्मालाई कप्तानबाट हटाएर त्यो जिम्मेवारी हार्दिक पाण्ड्यालाई दियो ।
यो अप्रत्यासित निर्णयबाट मुम्बईका लाखौँ समथर्क चिढिन पुगे । समर्थकसँगै पूर्वक्रिकेटरहरुले पनि मुम्बईको यो निर्णयलाई सहज रुपमा लिएनन् । अवस्था यतिसम्म निराशाजनक रह्यो कि मुम्बईका समर्थकले खेल मैदानमा समेत कप्तान हार्दिकलाई मजाकको विषय बनाए ।
अर्कोतिर, हार्दिकको कप्तानीमा मुम्बईले जारी सिजनको आईपीएलमा गतिलो प्रदर्शन पनि गर्न सकिरहेको छैन । आफूले हालसम्म खेलेको ६ मध्ये चार खेलमा मुम्बईले हारको सामना गरेको छ । दुई जितबाट चार अंक बटुल्दै मुम्बई तालिकाको नवौँ स्थानमा छ ।
टोलीको यस्तो प्रदर्शनबाट मुम्बईका समर्थक अझ बढी आक्रोशित बनेका छन् । हार्दिक गुजरात टाइटन्स छाडेर मुम्बईमा आबद्ध भएका हुन् । हार्दिककै कप्तानीमा गुजरातले सन् २०२२ मा आईपीएलको उपाधि जितेको थियो ।
सन् २०२३ को आईपीएलमा पनि हार्दिककै कप्तानीमा गुजरात फाइनलसम्म पुगेको थियो । तर, आईपीएलको जारी सिजनमा भने गुजरातको प्रदर्शन पनि निराशाजनक देखिएको छ । हालसम्म सात खेल खेलेको गुजरातले तीन जित र चार हारको नतिजा निकालेको छ ।
यस्तोमा भारतका पूर्वक्रिकेटर आकाश चोपडाले पनि हार्दिक पाण्ड्याप्रति आक्रोश पोखेका छन् । उनले हार्दिकका कारण जारी आईपीएलमा दुईवटा टोलीको प्रदर्शन खस्किएको टिप्पणी गरेका हुन् । हार्दिकले गुजरात नछाडेको भए जारी आईपीएलमा मुम्बई र गुजरात दुबै टोलीको प्रदर्शन अब्बल हुने धारणा आकाश चोपडाले ब्यक्त गरेका छन् ।
आकाश चोपडाले यस्तो टिप्पणी सामाजिक सञ्जाल एक्स (यसअघि ट्वीटर) मा पोष्ट गरेपछि उनलाई धेरैले समर्थन गरिरहेका छन् । ‘सायद अहिलेसम्म मुम्बई इन्डियन्सलाई हार्दिक पाण्ड्याबाट कुनै फाइदा भएको छैन । अर्कोतिर, हार्दिकको अनुपस्थितिमा गुजरातले पनि
निराशाजनक प्रदर्शन गरिरहेको छ । यसको कारण हार्दिक पाण्ड्या नै हुन्,’ उनले आफ्नो पोष्टमा भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली लाभग्राही बनाएर भत्ता वितरण, वडाध्यक्षसहित ४२ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
-
‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह
-
यूके पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण