बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

फिल्मको हिरो बन्दै भाइरल गायक अशोक दर्जी

बिहीबार, ०६ वैशाख २०८१, १२ : १६
बिहीबार, ०६ वैशाख २०८१

काठमाडौँ । एक समयका भाइरल बालगायक अशोक दर्जीले ‘मनबिनाको धन ठुलो कि धनबिनाको मन’बोलको गीतबाट साङ्गीतिक उडान भरेका थिए । यो गीतका सङ्गीतकार टंक बुढाथोकी हुन् । बुढाथोकीको करियरको पनि यो गीत ‘टर्निङ पोइन्ट’ मानिन्छ ।

यही गीतको बोल ‘मनबिनाको धन ठुलो कि धनबिनाको मन’ बाट फिल्म निर्माण हुने भएको छ । सङ्गीतकार बुढाथोकीले यही नामबाट फिल्म घोषणा गरेका हुन् ।

फिल्मका लागि लेखक शिवम् अधिकारीले बुढाथोकीलाई स्क्रिप्ट समेत दिइसकेका छन् । छिट्टै छायाँकन हुने बताइएको फिल्मको निर्देशक फाइनल भएको छैन । उनी आफैँ पनि गर्न सक्नेछन् ।

फिल्मको मुख्य भूमिकामा अशोक देखिने टंकले बताए । अन्य पात्र छनौटको चरणमा छन् । अन्य कलाकारमा अहिले बजारमा चलेको हुने टंकको भनाई छ ।

अशोकलाई लिएर आफ्नो विषयमा बजारमा विभिन्न भ्रम छन् । त्यो चिर्ने गरेर फिल्म बनाउने टंकले बताए । फिल्म निर्माणमा टंकलाई लण्डन निवासी एनआरएन विनय अधिकारीले साथ दिनेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप