फिल्मको हिरो बन्दै भाइरल गायक अशोक दर्जी
काठमाडौँ । एक समयका भाइरल बालगायक अशोक दर्जीले ‘मनबिनाको धन ठुलो कि धनबिनाको मन’बोलको गीतबाट साङ्गीतिक उडान भरेका थिए । यो गीतका सङ्गीतकार टंक बुढाथोकी हुन् । बुढाथोकीको करियरको पनि यो गीत ‘टर्निङ पोइन्ट’ मानिन्छ ।
यही गीतको बोल ‘मनबिनाको धन ठुलो कि धनबिनाको मन’ बाट फिल्म निर्माण हुने भएको छ । सङ्गीतकार बुढाथोकीले यही नामबाट फिल्म घोषणा गरेका हुन् ।
फिल्मका लागि लेखक शिवम् अधिकारीले बुढाथोकीलाई स्क्रिप्ट समेत दिइसकेका छन् । छिट्टै छायाँकन हुने बताइएको फिल्मको निर्देशक फाइनल भएको छैन । उनी आफैँ पनि गर्न सक्नेछन् ।
फिल्मको मुख्य भूमिकामा अशोक देखिने टंकले बताए । अन्य पात्र छनौटको चरणमा छन् । अन्य कलाकारमा अहिले बजारमा चलेको हुने टंकको भनाई छ ।
अशोकलाई लिएर आफ्नो विषयमा बजारमा विभिन्न भ्रम छन् । त्यो चिर्ने गरेर फिल्म बनाउने टंकले बताए । फिल्म निर्माणमा टंकलाई लण्डन निवासी एनआरएन विनय अधिकारीले साथ दिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण