बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

बिहीबार, ०६ वैशाख २०८१, १२ : ४८
बिहीबार, ०६ वैशाख २०८१

काठमाडौँ । सिरहाको धनगढीमाई नगरपालिका–६ सिमरा चोकमा प्र १–०५–००१ प ८५८९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार साँझ दुर्घटना हुँदा चालक गोलबजार नगरपालिका-४ बस्ने भोगेन्द्र सहनीको छोरा १५ वर्षीय आयुस सहनीको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका १ जनाको आरके मेडिसिन मुसहरनियामा उपचार भइरहेको छ । 

यता कैलालीको गोदावरी नगरपालिका–५ गेटास्थित सडकमा सु प प्र  ०१–००१ च २९८७ नम्बरको पिकअप भ्यानको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीय कृत बहादुर बमको बुधबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार चालकको प्रहरीले खोजी गरिरहेको छ । 

त्यसैगरी दाङ, घोराही उपमहानगरपालिका–१३ कात्तिके डाँडास्थित सडकमा रा २ प ६०१५ नम्बरको मोटरसाइकल र लु।९ प ४३६ नम्बरको मोटरसाईकल एकआपसमा ठक्कर खाई बुधबार राति दुर्घटना हुँदा रा २ प ६०१५ नम्बरको मोटरसाइकल चालक सोही उपमहानगरपालिका–१३ बस्ने २९ वर्षीय मनकु चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप