छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौँ । सिरहाको धनगढीमाई नगरपालिका–६ सिमरा चोकमा प्र १–०५–००१ प ८५८९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार साँझ दुर्घटना हुँदा चालक गोलबजार नगरपालिका-४ बस्ने भोगेन्द्र सहनीको छोरा १५ वर्षीय आयुस सहनीको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका १ जनाको आरके मेडिसिन मुसहरनियामा उपचार भइरहेको छ ।
यता कैलालीको गोदावरी नगरपालिका–५ गेटास्थित सडकमा सु प प्र ०१–००१ च २९८७ नम्बरको पिकअप भ्यानको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीय कृत बहादुर बमको बुधबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।
त्यसैगरी दाङ, घोराही उपमहानगरपालिका–१३ कात्तिके डाँडास्थित सडकमा रा २ प ६०१५ नम्बरको मोटरसाइकल र लु।९ प ४३६ नम्बरको मोटरसाईकल एकआपसमा ठक्कर खाई बुधबार राति दुर्घटना हुँदा रा २ प ६०१५ नम्बरको मोटरसाइकल चालक सोही उपमहानगरपालिका–१३ बस्ने २९ वर्षीय मनकु चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी
-
गर्मीमा विद्युत् अभाव : मधेसमा बढ्दै छ आक्रोश
-
४० कटेपछि किन टाढिन्छन् साथीभाइ ?
-
अमेरिका–इरानबिचको प्रारम्भिक १४–बुँदे सम्झौता पढ्नुहोस्
-
लुकाई छिपाई राखिएको ३७० किलोग्राम गाँजा बरामद
-
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण