बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

नेविसंघको आज स्थापना दिवस : पालिकालाई बुझाइयो शैक्षिक सुधारको ज्ञापनपत्र

बिहीबार, ०६ वैशाख २०८१, १४ : ४७
बिहीबार, ०६ वैशाख २०८१

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आफ्नो ५५ औँ स्थापना दिवसमा स्थानीय तहलाई शैक्षिक सुधारका लागि सुझावसहितको ज्ञापन पत्र बुझाएको छ । 

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले ७५३ वटा पालिकामा शैक्षिक सुधारका लागि सुझावसहितको ज्ञापन पत्र बुझाउने काम भएको बताए । उपनिर्वाचनको सिलसिलामा इलाममा पुगेका शेर्पाले इलाम नगरपालिकाका मेयर केदार थापालाई ज्ञापन पत्र बुझाएका हुन् । 

अध्यक्ष शेर्पाका अनुसार ज्ञापन पत्र बुझ्दै मेयर थापाले नेविसंघको माग अनुसार ‘स्किल अफ फ्राइडे’ र लागू औषध मुक्त नगरपालिका बनाउने बताएका थिए । सबै पालिकामा नेविसंघले ज्ञापन पत्र बुझाइसकेको उनले बताए ।

काठमाडौँ महानगरमा ज्ञापन पत्र बुझाउन पुगेका नेविसंघका केन्द्रीय सदस्य विनोदराज जोशी र परोपकार अधिकारीले शिक्षा क्षेत्रमा प्रसंशनीय कार्य गरेता पनि अझै थुप्रै विषयहरूमा काम गर्नुपर्ने बताएका थिए । देशभरका पालिकामा नेविसंघले केन्द्रीय समितिको निर्णयअनुसार १७ बुँदे सुझावसहितको ज्ञापन पत्र बुझाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप