नेविसंघको आज स्थापना दिवस : पालिकालाई बुझाइयो शैक्षिक सुधारको ज्ञापनपत्र
काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आफ्नो ५५ औँ स्थापना दिवसमा स्थानीय तहलाई शैक्षिक सुधारका लागि सुझावसहितको ज्ञापन पत्र बुझाएको छ ।
नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले ७५३ वटा पालिकामा शैक्षिक सुधारका लागि सुझावसहितको ज्ञापन पत्र बुझाउने काम भएको बताए । उपनिर्वाचनको सिलसिलामा इलाममा पुगेका शेर्पाले इलाम नगरपालिकाका मेयर केदार थापालाई ज्ञापन पत्र बुझाएका हुन् ।
अध्यक्ष शेर्पाका अनुसार ज्ञापन पत्र बुझ्दै मेयर थापाले नेविसंघको माग अनुसार ‘स्किल अफ फ्राइडे’ र लागू औषध मुक्त नगरपालिका बनाउने बताएका थिए । सबै पालिकामा नेविसंघले ज्ञापन पत्र बुझाइसकेको उनले बताए ।
काठमाडौँ महानगरमा ज्ञापन पत्र बुझाउन पुगेका नेविसंघका केन्द्रीय सदस्य विनोदराज जोशी र परोपकार अधिकारीले शिक्षा क्षेत्रमा प्रसंशनीय कार्य गरेता पनि अझै थुप्रै विषयहरूमा काम गर्नुपर्ने बताएका थिए । देशभरका पालिकामा नेविसंघले केन्द्रीय समितिको निर्णयअनुसार १७ बुँदे सुझावसहितको ज्ञापन पत्र बुझाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण