बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
मधेश प्रदेश

मधेसमा मन्त्रिपरिषद् बिस्तार

बिहीबार, ०६ वैशाख २०८१, १७ : २४
बिहीबार, ०६ वैशाख २०८१

धनुषाा  । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् बिस्तार गरेका छन् । चौथो पटक विश्वासको मत लिएको एक दिन नबित्दै मुख्यमन्त्री यादवले तीन मन्त्री र एक राज्यमन्त्रीलाई मन्त्रिपरिषद्‌मा सामेल गर्दै मन्त्री परिषद् बिस्तार गरेका हुन् ।

नवनियुक्त मन्त्रीहरुमा भरतप्रसाद साह बिना विभागीय, युवराज भट्टराई उद्योग वाणिज्य तथा पर्यटन, बेची लुङ्गेलीले बिना विभागीय मन्त्रीको जिम्मेवारी प्राप्त गरेका छन् । शारदा थापालाई गृह, सञ्चार तथा कानून मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

साह र भट्टराई नेकपा (माओवादी केन्द्र) बाट सरकारमा सहभागी भएका हुन् । लुङ्गेली नेकपा (एकीकृत समाजवादी) र थापा नेकपा एमालेबाट सरकारमा सहभागी बनेका हुन् । नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले पद तथा गोपनियताको शपथग्रहण समेत गराएका छन् ।

यता माओवादीबाट उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेबारी सम्हाल्दै आएकी सुनिता यादवलाई फिर्ता बोलाइएको छ । माओवादीका भरत साहले भने अर्थ मन्त्रालयमा दाबी गर्दै आएपनि टुंगो नलागेका कारण बिना विभागिय मन्त्रीको रुपमा अहिले शपथ लिएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप