मधेसमा मन्त्रिपरिषद् बिस्तार
धनुषाा । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् बिस्तार गरेका छन् । चौथो पटक विश्वासको मत लिएको एक दिन नबित्दै मुख्यमन्त्री यादवले तीन मन्त्री र एक राज्यमन्त्रीलाई मन्त्रिपरिषद्मा सामेल गर्दै मन्त्री परिषद् बिस्तार गरेका हुन् ।
नवनियुक्त मन्त्रीहरुमा भरतप्रसाद साह बिना विभागीय, युवराज भट्टराई उद्योग वाणिज्य तथा पर्यटन, बेची लुङ्गेलीले बिना विभागीय मन्त्रीको जिम्मेवारी प्राप्त गरेका छन् । शारदा थापालाई गृह, सञ्चार तथा कानून मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।
साह र भट्टराई नेकपा (माओवादी केन्द्र) बाट सरकारमा सहभागी भएका हुन् । लुङ्गेली नेकपा (एकीकृत समाजवादी) र थापा नेकपा एमालेबाट सरकारमा सहभागी बनेका हुन् । नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले पद तथा गोपनियताको शपथग्रहण समेत गराएका छन् ।
यता माओवादीबाट उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेबारी सम्हाल्दै आएकी सुनिता यादवलाई फिर्ता बोलाइएको छ । माओवादीका भरत साहले भने अर्थ मन्त्रालयमा दाबी गर्दै आएपनि टुंगो नलागेका कारण बिना विभागिय मन्त्रीको रुपमा अहिले शपथ लिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशको सम्पत्ति सार्वजनिकीकरणको बहसः आवश्यकता कि अतिरञ्जना ?
-
कप्तानदेखि म्याच विनरसम्म : तथ्याङ्कमा बेन स्टोक्सको क्रिकेट जीवन
-
शिखर इन्स्योरेन्सले गर्यो ६ अर्ब ११ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इन्जुरी समयको पीडाले रोयो क्रोएसिया (तस्बिरहरु)
-
कङ्गोमा घातक इबोला भाइरस विरुद्धको उपचार परीक्षण सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण