बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण

बिहीबार, ०६ वैशाख २०८१, २३ : १०
बिहीबार, ०६ वैशाख २०८१

बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले पदभार ग्रहण गरेका छन् । आज बुटवलमा शपथ ग्रहण गरेलगत्तै उनीहरुले पदभार ग्रहण गरेका हुन् ।  नवनियुक्त मन्त्रीहरूले पदभार ग्रहण गर्दै विभिन्न निर्णय समेत गरेका छन्।

नवनियुक्त स्वास्थ्य मन्त्री दीपेन्द्र पुनले  सरकारी अस्पतालहरुमा एकीकृत सूचना प्रणाली लागू गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् । बिहीबार राति स्वास्थ्य मन्त्रालय राप्ती उपत्यका देउखुरीमा पदभार ग्रहण गर्दै पुनले एकीकृत सूचना प्रणालीको स्थापना गर्ने निर्णयमा हस्ताक्षर गरे ।

1

उनले हरेक नागरिकको स्वास्थ्य उपचारमा पहुँच सुनिश्चित गरिने बताए । साथै प्रदेश सकार मातहतमा रहेका अस्पताल र स्वास्थ्य संस्थाले प्रदान गर्ने सेवालाई थप प्रभावकारी बनाउने गरी सरकारले ध्यान दिने बताए ।

यस्तै लुम्बिनी प्रदेशका आर्थिक मामिला मन्त्री चेतनारायण आचार्यले प्रदेशको समृद्धि र विकासलाई केन्द्रमा राखेर बजेटको तयारीमा सरकार जुट्ने बताएका छन् ।मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले चालु आर्थिक वर्षको लागि विनियोजन भएको बजेट कार्यान्वयन गर्दै आगामी वर्षको लागि बजेट निर्माणमा सरकारले ध्यान केन्द्रित गरेको बताए ।

2

उनले सङ्घीयता कार्यान्वयन र प्रदेशको स्थायित्वको लागि प्रदेश सरकारले भूमिका बढाउने बताए । लुम्बिनीमा आचार्यको नेतृत्वमा एमाले सरकारमा गएको हो । उनी दलका उपनेता समेत हुन् ।

आचार्यसहित पाँच जना मन्त्री एमालेका छन् । चार जनाको जिम्मेवारी तोकिएको छैन । यस्तै एकीकृत समाजवादीकी भगवती अधिकारी  र नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी स्वतन्त्रबाट मन्त्री बनेका छन्। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप