बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

जमिन मुनी पानीको चरम दुरुपयोग र भवनको भारले भासियो चीनको आधा सहर

शुक्रबार, ०७ वैशाख २०८१, १२ : १२
शुक्रबार, ०७ वैशाख २०८१

बेइजिङ । चीनको लगभग आधा प्रमुख सहरहरू भासिरहेका छन् । जमिन मुनिको पानीको अत्यधिक दोहन, भवन निर्माण र भवनको भारका कारण सहरहरू भासिरहेको अनुसन्धानकर्ताहरूले बताएका छन् । केही सहर तीव्र गतिमा भासिरहेका छन् । प्रत्येक ६ ओटा सहरमध्ये एउटा सहर बर्सेनि १० एफएम भन्दा बढीको दरमा भासिरहेको छ ।

हालैका दशकमा चीनमा व्यापक सहरीकरण भएको छ । यस्तोमा जमिन मुनिको पानीको प्रयोग पनि व्यापक बनेको छ । समुद्री सतह अग्लिँदै जाँदा तटीय क्षेत्रहरू डुबानमा परेर दसौँ लाख मानिस प्रभावित हुने खतरा बढेको छ । 

चिनियाँ सहरहरू भासिन थालेको कुरा नौलो होइन । सन् १९२० को दशकमै शाङहाई र तियानचिन भासिएको प्रमाण भेटिएको थियो । गएको एक शताब्दीमा शाङहाई ३ मिटरभन्दा धेरै भासिसकेको बताइएको छ । हालैका दशकमा तीव्र गतिमा सहरीकरण भएका र बस्ती बढेका सहर भासिएको प्रमाण सर्वत्र देख्न  पाइन्छ ।

समस्याको स्तर बुझ्न कयौँ चिनियाँ विश्वविद्यालयका अनुसन्धानकर्ताहरूको एक समूहले २० लाख जनसङ्ख्या भएका ८२ सहरको जाँच गरेका थिए । देशभरमा जमिन भासिने क्रम हेर्न सेन्टिनल–१ सेटलाइटको डेटा प्रयोग गरिएको थियो । 

सन् २०१५ देखि सन् २०२२ बिचको अवधिमा समूहले गरेको अध्ययनका क्रममा ४५ प्रतिशत सहरी क्षेत्रहरू बर्सेनि ३ एमएमका दरले भासिरहेको पाइयो । करिब १६ प्रतिशत सहर बर्सेनि १० एफएम भन्दा तीव्र गतिमा भासिरहेको छ । यसको अर्थ ६ करोड ७० लाखभन्दा धेरै मानिसहरू तीव्र गतिमा भासिरहेको शहरमा बसिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप