कांग्रेसलाई सभामुख धितालले भने– म रेफ्री हुँ, मिलाएरै लैजान्छु
पोखरा । गण्डकीका सभामुख कृष्ण धितालले आफू रेफ्री बनेर भूमिका खेल्ने बताएका छन् । ‘मैले कुनै एउटा मात्रै दलको कुरा सुन्ने होइन । अहिले त म रेफ्री न हो । खेलाडी होइन नि,’ उनले माओवादी र गठबन्धनलाई लक्षित गर्दै भने, ‘कुनै खेलाडीले रेफ्रीलाई तान्न कोसिस गर्लान् । तर म सजग नै छु । तपाईंका कुराहरू कार्यव्यवस्था परामर्श समितिमा राख्छु ।’
कांग्रेस संसदीय दलले बैठक नबस्न आग्रह गर्दै ज्ञापनपत्र बुझाउने क्रममा सभामुख धितालले कार्यव्यवस्था परामर्श समितिबाट निर्णय हुने बताए । उनले कांग्रेसलाई कार्यव्यवस्था बैठकमा सहभागी हुन आग्रह पनि गरेका छन् ।
‘कमसेकम बैठकमा उपस्थित भएर आफ्ना विषय राखे राम्रो हुन्थ्यो । सदन आह्वान प्रदेश प्रमुखले गरिसकेपछि दलहरूलाई जोडेर लैजान प्रयत्न गर्छु,’ उनले अघि भने, ‘यो पहिलो बैठक भएकोले के गर्ने भन्ने छलफल त्यहीँ हुन्छ । संसद् प्रतिपक्षको हो । तपाईंहरु आउनुस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण