बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
पत्रकार सम्मेलन

एमालेको कार्यक्रममा प्रचण्ड र देउवा विशेष वक्ता

शुक्रबार, ०७ वैशाख २०८१, १६ : ०३
शुक्रबार, ०७ वैशाख २०८१

काठमाडौँ । नेकपा एमालेले नेकपा स्थापना दिवका अवसरमा वैशाख १० हीरक महोत्सव मनाउने भएको छ । महासचिव शङ्कर पोखरेलले हीरक महोत्सवमा प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्ष दलका नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष वक्ताका रूपमा आमन्त्रण गरेको जानकारी दिए । 

उक्त कार्यक्रममा नेकपा एमालेको ७५ वर्षको आरोह अवरोह र इतिहास झल्कने भिडियो सामग्री प्रस्तुत गरिने छ । कार्यक्रममा एक जना विशिष्ट व्यक्तित्वलाई विशेष सम्मान ‘गणतन्त्र गौरव’ बाट सम्मान गर्ने एमालेले जनाएको छ ।

उक्त व्यक्तिको नाम १० गते नै सार्वजनिक गर्ने एमालेले जनाएको छ । नेकपा एमालेले २००६ सालमा पार्टी स्थापना भएको मानेर यो वर्ष हीरक महोत्सव मनाउन लागेको हो

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप