पत्रकार सम्मेलन
एमालेको कार्यक्रममा प्रचण्ड र देउवा विशेष वक्ता
शुक्रबार, ०७ वैशाख २०८१, १६ : ०३
काठमाडौँ । नेकपा एमालेले नेकपा स्थापना दिवका अवसरमा वैशाख १० हीरक महोत्सव मनाउने भएको छ । महासचिव शङ्कर पोखरेलले हीरक महोत्सवमा प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्ष दलका नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष वक्ताका रूपमा आमन्त्रण गरेको जानकारी दिए ।
उक्त कार्यक्रममा नेकपा एमालेको ७५ वर्षको आरोह अवरोह र इतिहास झल्कने भिडियो सामग्री प्रस्तुत गरिने छ । कार्यक्रममा एक जना विशिष्ट व्यक्तित्वलाई विशेष सम्मान ‘गणतन्त्र गौरव’ बाट सम्मान गर्ने एमालेले जनाएको छ ।
उक्त व्यक्तिको नाम १० गते नै सार्वजनिक गर्ने एमालेले जनाएको छ । नेकपा एमालेले २००६ सालमा पार्टी स्थापना भएको मानेर यो वर्ष हीरक महोत्सव मनाउन लागेको हो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण