छोरी बलिउडमा आओस् भन्ने चाहँदैनन् सञ्जय
मुम्बई । बलिउडका ‘सञ्जु बाबा’ अर्थात् सञ्जय दत्त कहिले आफ्नो विगत त कहिले आफ्नो व्यक्तिगत जीवनलाई लिएर चर्चामा रहन्छन् । सञ्जय फेरि छोरी त्रिशालाबारे दिएको रायका कारण चर्चामा छन् ।
उनले आफ्नी छोरी बलिउडमा काम गरोस् भनेर कहिले पनि नचाहेको सुनाए । सञ्जय दत्तकी छोरी त्रिशाला ३५ वर्षकी भइन् । उनी पेशाले फरेन्सिक वैज्ञानिक हुन् । त्रिशालाले अहिलेसम्म बिहे गरेकी छैनन् ।
जब सञ्जयलाई छोरी त्रिशालाले पनि बलिउडमा डेब्यु गर्न लागेकी हुन् ? के उनी फिल्ममा काम गर्छिन् ? भनेर प्रश्न गरियो, उनले त्यसलाई अस्वीकार गरे । उनले भने, ‘म त्रिशाला चलचित्र क्षेत्रमा प्रवेश गरोस् भन्ने चाहन्न । ऊसँग झन् राम्रो काम छ, कुरा खत्तम । उनी यहाँ आएर बलिउडमा काम गरुन् भनेर म किन चाहन्थे र ?”
त्रिशाला सञ्जय दत्त र उनकी पहिलो पत्नी ऋचा शर्माकी छोरी हुन् । त्रिशाला न्युयोर्कमा आफ्ना हजुरबुवा र हजुरआमासँग बस्छिन् । उनको सम्पूर्ण शिक्षा र पालनपोषण विदेशमा भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण