शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
गोदावरीमा एमालेको महाधिवेशन प्रतिनिधि परिषद् (तस्बिरहरू)
राजनीति

गोदावरीमा एमालेको महाधिवेशन प्रतिनिधि परिषद् (तस्बिरहरू)

शनिबार, ०८ वैशाख २०८१

काठमाडौँ । नेकपा (एमाले)को महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु भएको छ । शनिवार ललितपुरको गोदावरीस्थित सनराईज हलमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सो परिषद् बैठकको औपचारिक रूपमा शुभारम्भ गरेका हुन् । 

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनताको आशा र भरोसालाई आफ्नो पार्टीले सम्बोधन गरी छोड्ने दृढता व्यक्त गरे । अध्यक्ष ओलीले पार्टीको तर्फबाट राजनीतिक प्रतिवेदन पेस गरेका छन् । 

यसपछि महासचिव शंकर पोखरेलले सांगठानिक प्रतिवेदन पेस गर्नेछन् । बैठकमा केन्द्रीय सदस्यसहित २ हजार ४५४ जना प्रतिनिधिहरू सहभागी भएको एमालेले जनाएको छ । 

yamale parisad (1)yamale parisad (2)yamale parisad (3)yamale parisad (4)yamale parisad (5)yamale parisad (6)yamale parisad (7)yamale parisad (8)yamale parisad (9)yamale parisad (10)yamale parisad (11)yamale parisad (12)yamale parisad (13)yamale parisad (14)yamale parisad (15)yamale parisad (16)yamale parisad (17)yamale parisad (18)yamale parisad (19)yamale parisad (21)yamale parisad (22)yamale parisad (23)yamale parisad (24)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया