शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक : अध्यक्ष ओलीले पेस गरे राजनीतिक प्रतिवेदन

शनिबार, ०८ वैशाख २०८१, १२ : ५०
शनिबार, ०८ वैशाख २०८१

काठमाडौँ । ललितपुरको गोदावरीस्थित सनईराज हलमा जारी नेकपा (एमाले)को महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका छन् । 

आजबाट औपचारिक रुपमा शुभारम्भ भएको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनताको आशा र भरोसालाई आफ्नो पार्टीले सम्बोधन गरी छोड्ने दृढता व्यक्त गरे । 

यसपछि महासचिव शंकर पोखरेलले सांगठानिक प्रतिवेदन पेस गर्नेछन् । बैठकमा केन्द्रीय सदस्यसहित २ हजार ४५४ जना प्रतिनिधिहरू सहभागी भएको एमालेले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप