दीपिकाको 'लेडी सिंघम' लुक सेयर गर्दै रोहितले भने- मेरो वास्तविक जीवनको हिरो
मुम्बई । रोहित शेट्टीको फिल्म ‘सिंघम अगेन’ १५ अगस्टमा रिलिज हुँदैछ । तर यसअघि यसको सेटबाट धेरै तस्विरहरु बाहिर आइरहेका छन् ।
केही दिनअघि मात्रै दीपिका पादुकोणको सेटबाट बेबी बम्पको तस्बिर पहिलो पटक भाइरल भएको थियो । जसलाई देखेर फ्यानहरु निकै खुसी भए ।
उनी प्रहरीको पोशाकमा देखिएकी थिइन् । अहिले निर्देशकले उनको यस्तै तस्बिर सेयर गर्दै परिचय दिएका छन् ।
फिल्म ‘सिंघम अगेन’मा दीपिका पादुकोणले शक्ति शेट्टीको भूमिका निभाएकी छिन् । उनी रोहित शेट्टीको फिल्मकी लेडी सिंघम हुन् । यसअघि प्रहरीको वर्दीमा उनको झलक पनि आधिकारिक च्यानलसँग साझा गरिएको थियो। अब फेरि एकपटक ‘सिङ्घम’ को सिग्नेचर स्टेपसहितको उनको अर्को तस्बिर सेयर गरिएको छ ।
रोहित शेट्टीले दीपिका पादुकोणको तस्बिर सेयर गर्दै लेखेका छन्, ‘मेरो हिरो... रिल र वास्तविकमा पनि। लेडी सिंघम दीपिका पादुकोण।’ यो त्यही दिनको तस्बिर हो, जब सेटबाट अभिनेत्रीको तस्बिर लिक भएको थियो । त्यहाँ नायिकाको बडी डबल पनि देखिएकाले एक्सन दृश्य सुटिङका क्रममा यस्तो गरिएको मानिसहरुले दाबी गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण