शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

प्युठानमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

शनिबार, ०८ वैशाख २०८१, १६ : २७
शनिबार, ०८ वैशाख २०८१

काठमाडौँ । प्युठानमा मोटरसाइकल दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ । माण्डवी गाउँपालिका-१ मुर्कुटी छबिसे चौरस्थित सडकमा घोराहीबाट प्युठानतर्फ जाँदै गरेको रा.५ प १५२८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शनिबार बिहान दुर्घटना भएको हो । 

दुर्घटनामा चालक दाङ घोराही उपमहानगरपालिका-१५ बस्ने २७ वर्षीय बिमल डाँगीको मृत्यु भएको छ । गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पताल हुँदै थप उपचारको लागि नेपालगन्जतर्फ रिफर गरिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप