प्युठानमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
शनिबार, ०८ वैशाख २०८१, १६ : २७
काठमाडौँ । प्युठानमा मोटरसाइकल दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ । माण्डवी गाउँपालिका-१ मुर्कुटी छबिसे चौरस्थित सडकमा घोराहीबाट प्युठानतर्फ जाँदै गरेको रा.५ प १५२८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शनिबार बिहान दुर्घटना भएको हो ।
दुर्घटनामा चालक दाङ घोराही उपमहानगरपालिका-१५ बस्ने २७ वर्षीय बिमल डाँगीको मृत्यु भएको छ । गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पताल हुँदै थप उपचारको लागि नेपालगन्जतर्फ रिफर गरिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी
-
गर्मीमा विद्युत् अभाव : मधेसमा बढ्दै छ आक्रोश
-
४० कटेपछि किन टाढिन्छन् साथीभाइ ?
-
अमेरिका–इरानबिचको प्रारम्भिक १४–बुँदे सम्झौता पढ्नुहोस्
-
लुकाई छिपाई राखिएको ३७० किलोग्राम गाँजा बरामद
-
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण