शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

सत्ताका लागि जे पनि गर्ने प्रवृत्तिले कम्युनिस्टप्रतिको विश्वास घट्यो :  रावल

शनिबार, ०८ वैशाख २०८१, १९ : ४६
शनिबार, ०८ वैशाख २०८१

काठमाडौँ । नेकपा एमालेका नेता डा.भीम रावलले उत्पीडित जनताको अधिकार, राष्ट्र र राष्ट्रियताको रक्षाको नारा दिँदै नेपाली कम्युनिस्टहरू सत्तामा जाने तर त्यही सिद्धान्त र प्रतिबद्धताविरुद्ध जाने प्रवृत्ति घातक भएको बताएका छन् । रावलले सत्ता र शक्तिका लागि जुनसुकै हदसम्म जाने प्रवृत्तिले जनताको कम्युनिस्टप्रतिको विश्वास घटेको बताए । 

शनिबार राजधानीको संवाद डबलीमा ‘प्रगतिशील रूपान्तरण अभियान’ ले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने, ‘पदका लागि राति राति जासुसहरूसँग मिटिङ, देश फुटाउँछु भन्नेलाई मन्त्री बनाउनेहरू विचलन मात्रै हैन महाविचलनमा गइसके ।’ 

उनले नेकपा एमाले र नेकपा माओवादी सत्तामा पुगेपछि आफूले उठाउँदै आएका कुराहरू छोड्ने गरेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप