सत्ताका लागि जे पनि गर्ने प्रवृत्तिले कम्युनिस्टप्रतिको विश्वास घट्यो : रावल
शनिबार, ०८ वैशाख २०८१, १९ : ४६
काठमाडौँ । नेकपा एमालेका नेता डा.भीम रावलले उत्पीडित जनताको अधिकार, राष्ट्र र राष्ट्रियताको रक्षाको नारा दिँदै नेपाली कम्युनिस्टहरू सत्तामा जाने तर त्यही सिद्धान्त र प्रतिबद्धताविरुद्ध जाने प्रवृत्ति घातक भएको बताएका छन् । रावलले सत्ता र शक्तिका लागि जुनसुकै हदसम्म जाने प्रवृत्तिले जनताको कम्युनिस्टप्रतिको विश्वास घटेको बताए ।
शनिबार राजधानीको संवाद डबलीमा ‘प्रगतिशील रूपान्तरण अभियान’ ले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने, ‘पदका लागि राति राति जासुसहरूसँग मिटिङ, देश फुटाउँछु भन्नेलाई मन्त्री बनाउनेहरू विचलन मात्रै हैन महाविचलनमा गइसके ।’
उनले नेकपा एमाले र नेकपा माओवादी सत्तामा पुगेपछि आफूले उठाउँदै आएका कुराहरू छोड्ने गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण